१५ महिनापछी ‘चेअक’ अर्जुनधाराको उद्घाटन तथा पदस्थापन कार्यक्रम सम्पन्न

0
701

अर्जुनधारा ।

तदर्थ समिति गठनको १५ महिनापछी चेम्बर अफ कमर्स अर्जुनधाराको उद्घाटन तथा पदस्थापन कार्यक्रम आइतबार सम्पन्न भएको छ ।

गत चैतमा उक्त कार्यक्रम गर्ने तयारी भएकोमा हाल महामारीकोरुपमा फैलिरहेको कोभिड–१९ रोगको संक्रमण नियन्त्रण र रोकथामको लागि सरकारले गरेको राष्ट्रव्यापी बन्दाबन्दीका कारण स्थगित भएको अध्यक्ष पुष्पप्रसाद रेग्मीले बताए ।

अर्जुनधारा–८स्थित शनिश्चरे बजारमा रहेको संस्थाको कार्यालयमा अध्यक्ष रेग्मीको अध्यक्षतामा आयोजित कार्यक्रमको प्रमुख अतिथि नगर प्रमुख हरिकुमार रानाले उद्घाटन गरेका थिए ।

अध्यक्ष रेग्मीले संस्थाको प्रगति प्रतिवेदन र सचिव राधाकृष्ण दाहालले आर्थिक प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रममा चेम्बर अफ कमर्स झापाले चेम्बर अफ कमर्स अर्जुनधारालाई जिल्लाको सदस्यता प्रदान गरेको बताइएको छ ।

कार्यक्रममा चेम्बर अफ कमर्सका प्रदेश नं. १ का अध्यक्ष राजेन्द्र घिमिरे, झापाका अध्यक्ष ओमकृष्ण बिमली, संस्थापक अध्यक्ष सन्तोष अग्रवाल, सल्लाहकार रुद्रमणी श्रेष्ठ, शनिश्चरे बजार व्यवस्थापन समितिका पूर्व अध्यक्ष लवकुश गिरीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

उपाध्यक्ष योगेन्द्र पौड्यालले स्वागत मन्तव्य व्यक्त गरेको उद्घाटन कार्यक्रमको सञ्चालन पुष्पलाल चौलागाईंले गरेका थिए । सोही कार्यक्रमको बन्दसत्रले पुन अध्यक्ष रेग्मीको अध्यक्षतामा ११ सदस्यीय समिति गठन गरेको छ ।

नवगठित समितिको उपाध्यक्षद्वयमा योगेन्द्र पौड्याल र राधाकृष्ण दाहाल, सचिवमा पुष्पलाल चौलागाईं, सहसचिवमा मुनेश्वर शाह र कोषाध्यक्षमा बिमला भट्टराई चयन भएका छन् ।

त्यसैगरी समितिको सदस्यहरुमा केदारनाथ देवकोटा “रञ्जन”, प्रकाश श्रेष्ठ, विनोद खाती, बिमल भट्टराई र सोना गेलाल चयन भएका छन् । त्यस्तै निर्वाचन मण्डलको संयोजक कृष्ण पौड्याल र सदस्यद्वय कृष्णप्रसाद भट्टराई र तुलसा कुँवर रहेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here