समाजसेवी ‘इन्द्र सचिव’लाई बाह्रदशी गाउँपालिकाले ग¥यो नगद ५१ हजार रुपैयाँ सहित सम्मान

0
1252

सुरेन्द्र भण्डारी

बिर्तामोड, समाजसेवी इन्द्रप्रसाद अधिकारीलाई आज सम्मान गरिएको छ ।
बाह्रदशी गाउँपालिकाले ‘इन्द्र सचिव’का नामले परिचित अधिकारीलाई नगद ५१ हजार ५ रुपैयाँ सहित सम्मान गरेको हो । सम्मानित अधिकारी तत्कालीन राजगढ गाविसका सचिव थिए । सचिव रहदा राजगढको विकासका लागि पु¥याएको योगदानको स्मरण गर्दै सम्मान गरिएको बाह्रदशी गाउँपालिकाका अध्यक्ष खड्गप्रसाद राजवंशीले बताउनुभयो ।
केही समयदेखि विरामी भएर स्वास्थ्य लाभ गरिहेका अधिकारीलाई गाउँपालिका परिवारले अधिकारीकै निवासमा पुगेर सम्मान गरेको हो । उनी हाल बिर्तामोड नगरपालिका १ मा बसोवास गर्दै आएका छन् ।


सम्मानित अधिकारीलाई गाउँपालिकाका अध्यक्ष राजवंशी सहित उपाध्यक्ष रत्नाकुमारी राजवंशी, प्रमुख प्रशासकीय अधिकृत चित्रा प्रसाद गुरागाई, वाह्रदशी १ का वडाध्यक्ष शम्भूसिंह राजवंशी, २ का अध्यक्ष यादव मिश्र, ३ का विरेन्द्र प्रसाद राजवंशी, ४ का अध्यक्ष समिम मिया, ५ का अध्यक्ष भुपेन्द्र कटुवाल, ६ का वडाध्यक्ष रत्नप्रकास योङ्हाङ, गाउँपालिकाका अधिकृत चेतनाथ न्यौपाने, योजना अधिकृत तेजप्रसाद रेग्मी लगायतले समाजसेवी अधिकारीको स्वास्थ्य लाभको कामना गर्दै सम्मान पत्र प्रदान गरेका थिए ।


समाजसेवी अधिकारीले गरेका सामाजिक कामको स्मरण गर्दै वाह्रदशी गाउँपालिका अध्यक्ष राजवंशीले इन्द्र सविचका नामले परिचित अधिकारी सिङ्गो आदिवासीको संरक्षक समेत भएको बताए ।
आफ्ना बुवा मोटापानी राजवंशी २०१८ सालमा राजगढको प्रधानपञ्च भएको समयमा अधिकारीकै पहलमा पशुपति माविको जग्गा व्यवस्थापन, प्रहरी चौकी राजगढ र सामुदायिक अध्ययन केन्द्रका लागि १५ कठ्ठा जमिन आफ्ना वुवाले दिएको स्मरण गरे । इन्द्र सचिवले त्यस बेला मेरा वुवालाई जग्गा दिन प्रेरित नगरेको भए अहिलेको राजगढ त्यस्तो हुने थिएन अध्यक्ष राजव.शीले भने – मेरो वुवा मोटापानीलाई त्यो समयमा हात उठाएर प्रधानपञ्च बनाउन समेत सचिवको भूमिका अहम छ ।

इन्द्र सचिवका नामले परिचित अधिकारीकै पहलमा पशुपति मावि राजगढसहित तीन वटा विद्यालयलाई अधिकारीले त्यो समयमा एक सय ५ विगाह जम्मा व्यवस्थापन गरेको अध्यक्ष राजवंशीले बताए ।
अधिकारीकै पहलमा पशुपति माविको नाममा मात्रै अहिले ९४ विगाह जमिन रहेको बताइएको छ ।
सम्मान कार्यक्रममा शिक्षा सेवी गंगाप्रसाद अधिकारी, समाजसेवी रामप्रसाद दुलाल, पशुपति माविका प्रधानाध्यापक थीरकुमार दाहाल लगायतको सहभागीता थियो ।

को हुन् ‘इन्द्र सचिव’

पशुपति मावि राजगढका नाममा ९४ विगाह चार कठ्ठा, जनजागृति मावि गोल्धापका नाममा १७ विगाह दुई कठ्ठा र बोक्राझाडी प्रावि राजगढका नाममा चार विगाह १२ कठ्ठा जग्गा उपलब्ध गराउने समाजसेवी हुन् ‘इन्द्र सचिव’ ।


शिक्षा क्षेत्रमा उल्लेख्य योगदान पु¥याएका तत्कालीन राजगढ– ८ का इन्द्रप्रसाद अधिकारीको उपनाम हो ‘इन्द्र सचिव’ । तत्कालीन श्री ५ को सरकारले ऐलेनी तथा पर्ती जग्गालाई विद्यालय, मठ–मन्दिर, गुठी–संस्थानका नाममा राख्न भनेपछि ‘इन्द्र सचिव’ले विद्यालयलाई मजबुद बनाउन २०३४ सालमा जग्गाको पहिचान गर्दै विद्यालयको नाममा दर्ता गराएका थिए ।
पशुपति माविको नाममा दर्ता गराएको झण्डै आठ विगाह जमिन सुकुम्बासीलाई सोही समय प्रदान गरिएको थियो । तत्कालीन अञ्चल अदालत इलामको सहमतिमा सुकुम्बासीलाई जग्गा वितरण गरिएको थियो । बाँकी जग्गा विद्यालयको नाममा दर्ता कायम भए पनि आफ्नो जग्गा उपयोग गरेर अहिलेसम्म पनि विद्यालयले फाइदा लिन नसकेको सरोकारवालाले बताएका छन् ।
विद्यालयको नाममा यतिका धेरै जग्गा दर्ता गराउन सफल ‘इन्द्र सचिव’ पशुपतिका लागि मात्र नभई अन्य धेरै विद्यालयको भाग्य विधाता नै भए । हरेक सामाजिक कार्यक्रममा सहभागिता जनाउँदै समाज सुधारका क्षेत्रमा काम गर्दै आएका ‘इन्द्र सचिव’ अहिले न त सामाजिक कार्यक्रममा सरिक हुन्छन्, न त सभा समारोहमा नै देखा पर्छन् । गुमनाम झैं बनेका उनी दिनभर पत्रपत्रिका पढ्ने, समाजका लब्ध प्रतिष्ठित व्यक्तिसँग भेटघाट गर्ने अनि आफ्ना पुराना सहपाटीसँग भलाकुसारी गरेर दिन बिताइरहेका थिए । तर केही दिन यता विरामी परेपछि उनी स्वास्थ्य लाभ गरिरहेका छन्
लामो समयसम्म शिक्षा क्षेत्रमा काम गरे पनि उनी जिल्लाभर ‘इन्द्र सचिव’का नामबाट परिचित भए । पछिल्लो पुस्ताले उनलाई इन्द्रप्रसाद अधिकारीभन्दा चिन्दै चिन्दैन । उनको चिनिने नाम ‘इन्द्र सचिव’ नै भयो । समाजमा ‘इन्द्र सचिव’का नामले उच्च छवि बनाएका कारण दक्षिणी झापामा मात्र नभई जिल्लाका पुराना र उच्च पदस्थ व्यत्तिमाझ पनि उनी ‘इन्द्र सचिव’कै नामले परिचित भए । पशुपति माविमा २०३३ सालबाट व्यवस्थापन समिति सदस्य भएर विद्यालय सुधारका लागि होमिएका उनी २०४६ सालसम्म विद्यालयको अध्यक्ष पदमा रहेर सेवा गरे । सोही बेला उनले विद्यालयको नाम पनि पशुपति मावि जुराए । २०३३ सालमा बसेको विद्यालय व्यवस्थापन समितिको बैठकको निर्णय अनुसार पशुपतिको नाम उनैले जुराएका थिए ।
पं.कोमलप्रसाद अधिकारी र तुलसादेवी अधिकारीका छोरा हुन् इन्द्रप्रसाद । २००४ साल असार २७ गते तेह्रथुमको आठराईस्थित थोक्लुङ ढल्केबरमा जन्मिएका उनी २०२१ सालदेखि सामाजिक सेवामा क्रियाशील रहे । २०२५ सालबाट अनिवार्य निःशुल्क प्राथमिक पाठशाला केन्द्र नं. ९ गोल्धापको चाक्लाढापमा तत्कालीन श्री ५ को सरकारले नियुक्ति दिएपछि उनी शिक्षण पेशामा सक्रिय रहे । उनले २०२७ सालसम्म शिक्षकको रुपमा सेवा गरे ।
२०२६ सालमा गाउँ पञ्चायतका लागि सचिव पदमा लोकसेवाको परीक्षा दिएर २०२७ सालमा भएको सिफारिसले उनी राजगढ गाउँ पञ्चायतमा नियुक्ति भएका थिए । सोही समयदेखि उनी ‘इन्द्र सचिव’का नामले जिल्लाभर परिचित भए । २०२० सालमा राजगढ आएका अधिकारीले आदर्श विद्या मन्दिर घैलाडुब्बा, भद्रपुर मावि र बनारसको आदर्श इन्टर मिडिएट कलेजबाट शिक्षा लिएका थिए । पढ्दा–पढ्दै शिक्षण पेसामा संलग्न भएका अधिकारीले छोटो समय शिक्षाको भूमिका निर्वाह गरे पनि शिक्षा क्षेत्रमा उनको देन महत्वपूर्ण छ ।
२०२९ साल मंसीरमा सबै सचिवलाई तत्कालीन श्री ५ को सरकारले सचिवलाई अवकाश दिएको थियो । लोकसेवाबाट पास भएका सचिव सो समयमा तीन जनामात्र रहेको उनी सम्झन्छन् । श्री ५ को सरकारले लोकसेवा पास गरेका सचिवलाई भोलिपल्टै प्रमुख जिल्ला अधिकारीको कार्यालयमा हाजिर हुन निर्देशन गरेको थियो । केही समय जिल्ला प्रशासन कार्यालयमा काम गरेका उनी २०३० सालमा खाद्य संस्थान भद्रपुरमा काज सरुवा भएका थिए । तर, एक महिनापछि पुनः उनी जिल्ला प्रशासन कार्यालय मै फिर्ता भएका थिए । २०३० सालमा सिंहदरवारमा भएको आगलागीका कारण आफ्नो सबै डकुमेन्ट जलेपछि आफू सेवा विहीन भएको उनको भनाई छ । ‘त्यो बेला अहिले जस्तो थिएन’ –अधिकारीले भने – ‘स्थानीय विकास विभाग श्रीमहलमा पुगेर जागिरको काज मिलाउने तरखर गर्दै थिएँ सिंहदरवारमा आगलागी हुँदा कागजपत्र जलेपछि समस्या आयो अन्ततः जागिर छाडेर सेवालाई प्रहिलो प्राथमिकतामा राखे ।’
केही वर्षको सेवापछि उनी राजनीतिमा प्रवेश गरेका थिए । उनले राजगढ गाउँ पञ्चायतमा समेत उम्मेदवारी दिएका थिए । आदिवासी समुदायप्रति घुलमिल रहेका ‘इन्द्र सचिव’ विपन्न बालबालिकालाई गाँस, बास र कपासको बन्दोबस्त मिलाउँदै धेरैलाई निःशुल्क शिक्षा प्रदान गरेकै कारण उनी सबै माझ अहिले पनि परिचित र प्रिय छन् । आदिवासी समुदायको बाहुल्यता रहेको राजगढमा २०१६ सालअघि त्यहाँ कुनै पनि विद्यालय थिएनन् अधिकारीले भने– ‘त्यहाँका बालबालिका अन्यत्र गएर पढ्नुपर्नेे बाध्यता थियो त्यस्तो अवस्थामा टाठा–बाठा र सम्पन्न (देउनिया) परिवारका मानिसले मात्रै आफ्ना बालबालिकालाई अध्ययनका लागि बाहिर पठाउने गरेका थिए ।’ दिनानुदिन शिक्षाको मोह बढ्दै गएपछि स्थानीय शिक्षाप्रेमी छविलाल राजवंशीसहितका केही सामाजिक अगुवाले २०१६ सालमा राजगढ प्रावि सञ्चालन गर्ने निक्र्योल गरेको अधिकारीले बताए । ‘त्यसबेला छविलाल राजवंशीको अध्यक्षतामा बसेको गाउँ भेलाले राजगढमा विद्यालयको आवश्यकता महशुस गरी छाप्रोमा विद्यालय खोलियो ।’– उनले भने– ‘विद्यालय सञ्चालनका लागि छविलालजीसहित महपति राजवंशी मोटापानी राजवंशी लगायतका सामाजिक अगुवाले प्रदान गरेको जग्गामा विद्यालय निर्माण गरिएको थियो ।’
‘२०२१ सालतिर ४÷५ घरमात्र पहाडे समुदायका मानिसको उपस्थिति रहेको राजगढमा राजवंशी, सन्थाल, मुस्लिम, तेली, साह आदि समुदायको बाहुल्यता थियो । त्यसबेला विद्यालय सञ्चालनका लागि बैजनाथप्रसाद कानु र अर्जुनप्रसाद पौडेलको पहलमा राजगढ प्रावि स्थापना गरिएको हो’ –अधिकारीले भने– ‘पौडेललाई प्रधानाध्यापकको जिम्मेवारी सुम्पिएर विद्यार्थी र शिक्षकलाई चाहिँ सेवासुविधाका लागि हामी बोरा बोकेर गाउँ पसेर मुष्ठीदानबाट उठाएको अन्न र चारआना–आठआनाले विद्यालय चलाएका थियौं ।’
२०१६ सालमा स्थापित पशुपति अहिले त्यस क्षेत्रकै कहलिएको विद्यालय बनेको छ । त्यहाँ अध्ययनरत् केही विद्यार्थीले मन्त्रालयको कार्यभार सम्हालिरहेका छन् भने कोही मन्त्री समेत बनेका छन् । गुणस्तरीय शिक्षामा अब्बल रहेको पशुपति २०३३ सालमा माध्यमिक विद्यालय आवश्यकता महशुस गरी नामाकरण गरेपछि अहिले पनि पशुपति माविका रुपमा स्थापित छ । विपन्न समुदायका बालबालिका अधिकरुपमा अध्ययनरत् रहेको सो विद्यालयमा अहिले एक हजार पााच सयभन्दा बढी विद्यार्थी अध्ययनरत् छन् । ‘अल्पकालीन निमावि सञ्चालन गर्दा अर्जुनप्रसाद पौडेल र रोहिणी उपाध्याय सञ्चालक थिए । त्यसबेला प्रेमनारायण प्रधान र मञ्जु प्रधानलाई भारतको दार्जीलिङबाट झिकाएर पठन–पाठनको व्यवस्था मिलाइएको थियो’ –शिक्षासेवी अधिकारी भन्छन् ।
‘२०३३ सालमा सञ्चालक समितिमा रहेका छविलाल राजवंशीका पालामा अधिकारीले क्षेत्रीय शिक्षा निर्देशनालय पुगेर मावि सञ्चालनका लागि प्रस्ताव बुझाएका थिए । भवन र विद्यार्थी निरीक्षणका लागि गोरुगाडीमा जिल्ला शिक्षा अधिकारीलाई ल्याउँदा त्यहाँका अगुवाले नक्कली विद्यार्थी र डेक्स–बेञ्च गाउँघरबाट बटुलेर पशुपति मावि सञ्चालनका लागि प्रपञ्च रचेका थियौं’ –अधिकारीले भने । २०३४ साल असार २४ गतेको निर्णयले भूमि प्रशासक राममणि पोखरेलले स्कूलको नाममा जग्गा कायम गरेको उनी बताउँछन् ।
स्थानीय बैजनाथप्रसाद कानु, छविलाल राजवंशी लगायतका केही सामाजिक अगुवाको पहलमा २०३८ सालमा पशुपतिलाई मावि बनाइएको थियो । विद्यालयलाई भगीरथ राजवंशी राजगढ–६ बाट पाँच कठ्ठा, बंढोल राजवंशीबाट नौ कठ्ठा १० धुर, महिपथ राजवंशीबाट पाँच कठ्ठा, डिल्लीचन राजवंशीबाट पाँच कठ्ठा, तत्कालीन प्रधानपञ्च सडकलाल राजवंशीले गाउँ पञ्चायतबाट १५ कठ्ठा, मुखिया बाजे नामले परिचित भीमप्रसाद पोखरेलबाट एक बिगाह पाँचकठ्ठा जग्गा उपलब्ध गराएको अधिकारीले बताए । ‘विद्यालय स्वीकृत गर्दा आर्थिक धरौटी राख्नका लागि २०३४ सालमा ऐलेनी जग्गालाई समेत विद्यालयको नाममा पार्दै एकमुष्ठ ८८ विगाह जमिन विद्यालयको नाममा दर्ता कायम गरेको थिएँ अधिकारीले भने– ‘त्यसबेला विद्यालयका प्रधानाध्यापक धर्मप्रसाद तामाङलाई धनीपूर्जा मैले नै हस्तान्तरण गरेको हूँ ।’
वाह्रदशी गाउँपालिकाले प्रदान गरेको सम्मान ग्रहण गर्दै अधिकारीले भने – राजगढबासीको अथक मायाले जीवनमा थप उर्जा मिलेको छ । यतिका समय समाज सेवामा विताए आगामी दिन पनि सेवामै समृपित गर्ने छु । राजगढमा पशुपति मावि स्थापना गर्नेदेखि पुरानो वजार बसाउने मोटापानी राजवंशीलाई पटक पटक सम्झिएका अधिकारीले मोटापानी राजवंशीकै पहलमा त्यसवेला राजगढ प्रहरी चौकीका लागि भवन उपलब्ध गएको र सामुदायिक अध्ययन केन्द्र तथा विद्यालयलाई जमिन प्रदान गरेको स्मरण गरे । आज म ज्यादै खुशी छु अधिकारीले भने – प्रधानपञ्चका छोराले आज बाह्रदशी गाउँपालिकाको अध्यक्ष भएर मलाई सम्झनु भनेको आफंमा खुशीको कुरा हो । वुवाको समाजसेवा प्रतिको भावनालाई वुझेर छोराले पनि जनताको सेवाक भएर काम गरेको देख्दा खुशी लागेको छ आगामी दिन खड्का अझ सुखद् बनुन् मेरो शुभकामना इन्द्र सचिवले भने ।

तस्बीरमा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here