तुलसीप्रसाद निरौला , बिर्तामोड । संघिय लिम्बुवान मञ्च नेपाल नगर समिति बिर्तामोडको आयोजनामा विर्तामोडमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

लिम्बुवानका आधुनिककालका प्रथम राष्ट्रिय शहीद राजकुमार आङ्देम्बे’माङ्तोक’को १३औ स्मृति दिवसको अवसर पारेर रक्तदान कार्यक्रम गरिएको हो ।
नेपालको ऐतिहसिक प्रथम संविधानसभाको चुनाब पूर्ण समानुपातिक प्रणालिको आधारमा हुनुपर्ने र पहिचानसहितको लिम्बुवान १० १ प्रान्त हुनुपर्ने माग गर्दै भएको अनिस्चितकालिन लिम्बुवान आमहड्तालको क्रममा २०६४ साल असोज २० गते कमल गाउँपालिकाको कमल खोला किनारमा आन्दोलनका क्रममा राजकुमार आङ्देम्बे’माङ्तोक’ले शाहद्त प्राप्त गरेका थिए ।
नेपाल रेडक्रस सोसाइटी बिर्तामोड उपशाखाको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा १६ जनाले रक्तदान गरेको संघिय लिम्बुवान मञ्च नेपाल जिल्ला कार्यसमिति झापाका सचिव राजा आङ्थुपोले जानकारी दिए ।

कार्यक्रममा संघिय लिम्बुवान मञ्च नेपालका प्रान्तिय वरिष्ठ उपाध्यक्ष ज्ञानबहादुर गुरुङ , उपाध्यक्ष ज्ञानबहादुर इम्वुङ , केन्द्रीय सचिव राजु राई, केन्द्रीय सचिवालय सदस्य भक्त मेन्याङ्वो , केन्द्रीय सदस्य नन्दु मेन्याङ्वो , झापा जिल्ला अध्यक्ष धनबहादुर पन्धाक , बिर्तामोड नगर अध्यक्ष रञ्जितमान राई लगायतले लिम्बुवानका आधुनिककालका प्रथम राष्ट्रिय शहीद राजकुमार आङ्देम्बे’माङ्तोक’ले लिम्वुवान आन्दोलनमा पुर्याएको योगदानको चर्चा गरेका थिए ।
त्यस्तै नेपाल रेडक्रस सोसाइटी बिर्तामोड उपशाखाका सभापति सजेश शिवाकोटीले झापामा भइरहेको रगतको अभावलाई मध्यनजर गर्दै संघिय लिम्बुवान मञ्च नेपाल नगर समिति बिर्तामोडले रक्तदान गरेकोमा समितिलाई बधाई दिएका थिए ।
रक्तदान गर्ने रक्तदातालाई प्रमाण पत्र वितरण गरिएको कार्यक्रमको सहजीकरण संघिय लिम्बुवान मञ्च नेपाल जिल्ला कार्यसमिति झापाका सचिव राजा आङ्थुपोले गरेका थिए ।
त्यसैगरी लिम्बुवानका आधुनिककालका प्रथम राष्ट्रिय शहीद राजकुमार आङ्देम्बे’माङ्तोक’को चुलाचुली –१कमल मिलडाँडामा रहेको शालिक अनावरण गरिएको थियो । शालिकको अनावरण संघिय लिम्बुवान मञ्च नेपालका राष्ट्रिय अध्यक्ष कुमार लिङ्देन मिराकले गरेका थिए ।
त्यस्तै कमल सानो केर्खा ’माङ्तोक’ समाधीस्थलमा लिम्बुवानका आधुनिककालका प्रथम राष्ट्रिय शहीद राजकुमार आङ्देम्बे’माङ्तोक’को समाधीमा माल्यापर्ण सहित मौनधारण गरी श्रद्धाञ्जलि अर्पण गरिएको संघिय लिम्बुवान मञ्च नेपाल जिल्ला कार्यसमिति झापाका सचिव राजा आङ्थुपोले जानकारी दिए ।































