
आमा ……आमाा
आमा तपाईं झट्टै आउनुहोस् ,
यहाँ आउनुहोस् आमा
आमा नबसनुस त्यहाँ
त्यो नेपाल (नर्क हो )
यमराजको शासन छ त्यहाँ
धर्म छैन त्यहाँ
मानवता छैन त्यहाँ
नाता छैन त्हाँ
सम्बन्ध छैन त्यहाँ
आमा प्रेम छैन त्यहाँ
करणा छैन त्यहाँ
सद्भाव छैन त्यहाँ
माया दया स्नेह ममता केहि छैन त्यहाँ
यहाँ त्यो सब छ आमा
जे जे छैन त्यहाँ
आराम छ, अमन छ, चैन छ यहाँ
त्यहाँ जस्तो धनी गरिब सानो ठूलो केही छैन
उचो निचो हेलोहोचो केही छैन यहाँ
न ईर्ष्या न द्वेष न कतई रिस राग
न छ काहीँ सम्पत्तिको ध्वाँस्
न कसैको सानो ठुलो भाग !!
न मन्दिर न मस्जिद न छ चर्च गुरुद्वारा
शान्तसँग विचरण गरेको देख्दछु
निर्वश्त्र छन् सारा !
आँखामा छ तेज सबको
खाली छन् सबका हात
न सोद्दछ धर्म कोहि कसैको
न थाहा छ कसैलाई आफ्नो जात !!,
आउनुहोस् आमा , नबस्नुस् नेपालमा
नर्क हो त्यो ! साक्षात नर्क !
म नेपाल भनिने देशमा बलात्कारपछि त्रिशूल प्रहारबाट मारेर मन्दिरमा फालिएकी सम्झना कामी
नारायण कडरिया
बिर्तामोड, झापा ।



























