हरिवंश आचार्य दम्पतीलाई कोरोना संक्रमण

0
1001

काठमाडौं,

चर्चित हाँस्य कलाकार हरिवंश आचार्यलाई कोरोना संक्रमण भएको छ। उनीसँगै पत्‍नी रमिलालाई पनि मंगलबार कोरोना पुष्टि भएको छ।

आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी आचार्यले सामाजिक सञ्जालबाट दिएका छन्। सामान्य लक्षण देखिएपछि परीक्षण गर्दा आफूसहित पत्‍नी रमिलालाई पनि कोरोना देखिएको उनले बताएका छन्।

‘सामान्य लक्षण देखिएकोले हिजो मेरो र मेरो श्रीमती रमिलाको पिसिआर परीक्षण गरेका थियौं’, उनले भनेका छन्, ‘हामी दुवै जनाको कोरोना संक्रमण पुष्टि भएको रिपोर्ट आज आयो। हाम्रो स्वास्थ्य अवस्था सामान्य छ।’

आचार्यले आफूहरुको सम्पर्कमा आएकाहरुलाई होम आइसोलेसनमा बसेर निर्धारित समयमा परीक्षण गराउन आग्रह गरेका छन्। ‘यहाँहरुको माया, आशीर्वाद र शुभेच्छाको कारण हामीले छिट्टै कोरोना संक्रमणलाई जित्ने छौं’, उनले भने, ‘कोरोना संक्रमण ब्यापक रुपमा फैलिएकाले यहाँहरु सबैले जनस्वास्थ्यका मापदण्ड अनिवार्य अबलम्बन गर्नुहुन अनुरोध गर्दछौं।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here