प्याव्सनको सास्कृतिक कार्यक्रम

0
448

बिर्तामोड,मंसीर ३० ।  निजी तथा आवाशिय विद्यालय अर्गनाइजेसन प्याव्सन झापाको आयोजनामा क्षेत्र नं २ मा सास्कृतिक कार्यक्रम सम्पन्न भएको  छ ।
प्याव्सन झापाका केन्द्रीय सल्लाहकार हरिकुमार प्रसाईको प्रमुख आतिथ्य तथा प्याव्सन झापा क्षेत्र नम्वर २ का संयोजक एचके पाठकको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्राथमिक तथा माध्यमिक तह स्तरीय गायन प्रतियोगिता भएको थियो । जसमा प्राथमिक विद्यालय तहको नृत्य तर्फ १२ विगद्यालय सहभागी भएकोमा आर्दश शिशु सदन प्रथम, लिटल एञ्जल स्कूल विर्तामोड दोस्रो वुद्ध स्मृति तेस्रो भएका थिए ।
त्यस्तै माध्यमिक विद्यालय तर्फ १३ विद्यालय सहभागी भएकोमा न्यूटन एजुकेशन एकाडेमी प्रथम, ग्लोरी स्कूल दोस्रो आर्दश शिशु सदन तेस्रो भएका थिए । त्यस्तै गायन तर्फ आर्दश शिशु सदन एमीटीका आयम राई, प्रथम रुद्र मेमोरियल स्कूलका अपेक्षा राई दोस्रो र वुद्ध स्मृतिकी आर्जु प्रसाई तेस्रो भएकी चिइन । विष्णु तिवारीले स्वागत गरेको कार्यक्रमको संञ्चालन देवेन्द्र हुमागाई र ओपी क्षेत्रीले गरेका थिए ।  logo-of-purwanchal

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here