दाउतको ‘हृदयको आवाज’मा दिपिका ( भिडियो )

0
785

गायक दाउत राई र गायिका दिपा लामाको युगल स्वरमा रहेको ‘हृदयको आवाज’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।

रोमाण्टिक भर्सनको यस गीतमा शब्द अमर बान्तुको रहेको छ भने गीतलाई स्वयम् गायक दाउत राईले नै संगीतवद्द गरेका हुन्। गीतमा उदय राज पौडलको संगीत संयोजन रहेको छ।

म्युजिक भिडियोमा अभिषेक श्रेष्ठ र दिपिका लामा ब्लोनको रोमान्स देख्न सकिन्छ। प्रदिप बस्नेतले सम्पादन गरेको यस भिडियोलाई निर्देशक देव जंग थापाले छायांकन र निर्देशन गरेका हुन्। भिडियो गायक राईको अफिसिएल च्यानल ‘दाउत राई’ मार्फत सार्वजनिक गरिएको छ ।

शब्द सिर्जनामा क्रियासिल रचनाकार बान्तुका यसअघि ‘तिम्रो सहर’ , ‘फरिदा’ बोलका गीतहरु स्रोतामाझ लोकप्रिय छन्। कोरना कहर विच निकै मेहेनत साथ तयार पारिएको यस कोशेलीलाई साथ , सपोर्ट र माया गरिदिन सम्पुर्ण दर्शक स्रोता र मिडिया हाउसलाई निर्माण टिमले आग्रह गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here