मेची खबर साप्ताहिकद्धारा दशैं विशेषाङ्क सार्वजानिक

0
684

झापा ।

मेची खबर साप्ताहिकले दशैं विशेषाङ्क सार्वजानिक गरेको छ ।

शिक्षा, कृषि, सहकारी, खेलकुद, स्वास्थ्य, पर्यटन लगायतका विषय वस्तुलाई समेटेर सय पृष्ठको पुस्तक आकारमा विशेषाङ्क सार्वजानिक गरेको हो ।

कोरोना कहरका बीच कतिपय छापामाध्यम नियमित प्रकाशन हुन नसकेको अवस्थामा चुनौतिका बीच विविध पक्षलाई समेटेर विशेषाङ्क प्रकाशन गरेको प्रकाशक तथा सम्पादक राजु पाठकले जानकारी दिए ।

विशेषाङ्कमा कोरोनाको कहरले थलिएको वैदेशिक रोजगार, सहकारी क्षेत्रमा देखिएका समस्या चुनौति र अवसर, विर्तामोड नगरको कृषि क्रान्ति, ब्यक्ति ब्यक्तित्व, स्थानीय तहको परिचय सहितको विकास निर्माणका कार्यक्रमलाई समेटिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here