शनिश्चरे–बिर्तामोड सडक खण्डको तीन स्थानमा जेब्रा क्रसिङ निर्माण

0
1178

अर्जुनधारा ।

झापा अर्जुनधाराका पाँच जना युवाको संयुक्त प्रयासमा शनिश्चरे–बिर्तामोड सडक खण्डअन्र्तगत तीन स्थानमा जेब्रा क्रसिङ निर्माण गरिएको छ ।

सम्भावित सडक दुर्घटना न्यूनिकरण गर्न तथा पैदल यात्रीहरुलाई सडक पार गर्न सहज होस् भन्ने उद्धेश्यले सामाजिक उत्तरदायित्वलाई वहन गर्दै उक्त जेब्रा क्रसिङ निर्माण गरिएको रेगनराज प्रधानले बताए ।

ट्राफिक प्रहरी बिट शनिश्चरेको सहकार्यमा उनीहरुले अर्जुनधारा–८ स्थित नेपाल विद्युत प्राद्यीकरण उपवितरण केन्द्र शनिश्चरे नजिक र जलेश्वर पेट्रोल पम्प अगाडि तथा अर्जुनधारा–६ स्थित कप्तानबारी चोकमा जेब्रा क्रसिङ निर्माण गरेका छन् ।

बिट प्रमुख प्रहरी सहायक निरिक्षक गोकुलप्रसाद आचार्यका अनुसार जेब्रा क्रसिङ निर्माणसँगै आम सडक प्रयोगकर्ताहरुलाई लक्षित गरि सो सम्बन्धी जानकारी दिने उद्धेश्यले सचेतनामूलक कार्यक्रम तत्काल सञ्चालन गरिने बताइएको छ ।

रेगनसँगै नीतिश ठाकुर, सञ्जय मोदी, सन्तोष तामाङ र समिर फूँयेल रहेका युवाको समूहले आगामी दिनमा अन्य सामाजिक कार्यक्रमहरु पनि सञ्चालन गर्ने लक्ष्य लिएको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here