स्क्रनिङ्ग प्वाईन्ट होल्डिङ्ग सेन्टर तत्काल हटाउन स्थानियको माग

0
973

लक्ष्मी उप्रेती / काँकरभिट्टा,

झापाको मेचीनगर —६ काँकरभिट्टा माविको खेलमैदानमा रहेको स्क्रिनिङ्ग प्वाईन्ट होल्डिङ्ग सेन्टर तत्काल हटाउन स्थानीयवासीले माग गरेका छन् । होल्डिङ्ग सेन्टरको नाममा ठगीधन्दा चलेको भन्दैं होल्डिङ्ग सेन्टर तत्काल हटाउन आवज उठ्न थालेको छ ।

नेपाली सेनाको सौजन्य रहेको श्री नयाँ श्रीनाथ गण काँकरभिट्टा स्क्रनिङ्ग प्वाईन्ट तत्काल होल्डिङ्ग सेन्टरमा पछिल्लो समय विभिन्न खालका विकृतिविसंगति बढ्ेको भन्दैं यसलाई सहज र ब्यवस्थित बनाईनु पर्ने माग रहेको उठि रहेका बखत अहिले क्रनिङ्ग प्वाईन्ट तत्काल होल्डिङ्ग सेन्टर तत्काल हटाउनुपर्ने माग समेत जोडदार रुपमा उठ्न थालेको छ । होल्डिङ्ग सेन्टरका नाममा यात्रुले अनावश्यक सास्ती व्यहोर्नु परेको, दुई थरीको भाडा दर तिर्न बाध्य हुनु परेको कारण यस्तो समस्याको समाधान गर्न तत्काल र होल्डिङ्ग सेन्टर हटाउनुपर्ने स्थानीयको माग छ ।

विद्यालय परिसरमा रहेका कारण स साना नानीहरुको मनोविज्ञानमा असर पर्ने भएकाले पनि यहाँबाट तत्काल स्क्रनिङ्ग प्वाईन्ट तत्काल होल्डिङ्ग सेन्टर तत्काल हटाउनुपर्ने व्यवसायी ज्ञानेन्द्रकुमार घिमिरेको भनाई छ । ‘काँकरभिट्टाको होल्डिङ्ग सेन्टरका विषयमा मेचीनगर नगरपालिकामा ज्ञापन पत्र समेत बुझाएका छौ ’ नेकपाका नेता समेत रहनु भएका घिमिरेले भन्नुभयो —‘ होल्डिङ्ग सेन्टर जहाँ राखिएको छ त्यो क्षेत्रका बालबालिकाहरु अध्ययनका लागि आउने विद्यालय छ ।

अर्काेको होल्डिङ्ग सेन्टरका नाममा मान्छेलाई दिउसै लुट्ने प्रवृतिको विकास भएको छ । भारतलगायत अन्य मुलुकबाट पसीआर गरेर आएका लाई समेत होल्डिङ्ग सेन्टर लगेर दोब्बर भाडा तिरेर जान बाँध्य पारएिका कारण त्यसलाई अन्त्य गर्न होल्डिङ्ग सेन्टर हटाउनु पर्छ । ’

उहाँले होल्डिङ्ग सेन्टर नाममा भएको विकृतिविसंगति नियन्त्रण गर्न पनि होल्डिङ्ग सेन्टरको विकल्प खोज्नुपर्ने बताउनुभयो । होल्डिङ्ग सेन्टर अस्तव्यस्त भएको भन्दैं त्यसलाई व्यवस्थित बनाउनुपर्ने माग गदैं केही दिनअघि मात्र नगरका बिभिन्न पेशा र ब्यवसायमा सम्बद्ध पेशाकर्मीहरुले मेचीनगर नगरपालिकामा ज्ञापन पत्र बुझाएका थिए ।

होल्डिङ्ग सेन्टर सहज र ब्यवस्थित नबन्दा पछिल्लो समय भारतलगायत अन्य मुलुकबाट नेपाल फर्कने नेपालीले अनावश्यक सास्ती व्योहोर्नु परेको र दुई थरीको भाडा दर तिर्न बाध्य हुनु परेका कारण यसलाई तत्काल हटाउनुपर्ने तर्क नेपाली काँग्रेस मेचीनगर सचिव हस्तबहादुर आङ्गदेम्बेको छ । ‘होल्डिङ्ग सेन्टरमा समेत पछिल्लो समय गुटबन्दी छ ’ व्यवसायी समेत रहनु भएका आङ्गदेम्बेले भन्नुभयो —‘विकृति विसंगति दैनिक बढ्दो छ । होटल, यातायात व्यवसायीबीच कमिसनको चक्कर छ । ’

काँकरभिट्टा नाकाबाट नेपाल प्रवेश गर्ने सर्वसाधारणले होल्डिङ्ग सेन्टरको नाममा अनावश्यक सास्ती व्यहोर्नु परेको भन्दैं यसको अन्त्यका लागि पनि यसलाई तत्काल हटाउन पर्ने उहाँले बताउनुभयो । होल्डिङ्ग सेन्टरबाट जाने यात्रुले प्रचलित भाडादरभन्दा दोब्बर भाडा तिर्नुपरेको, पीसीआर रिपोर्ट आउन ढिला भएका कारण अनावश्यकरुपमा होटलमा बस्नु परेकाले सुरक्षाका मापदण्ड पुरा गरी भारत तथा अन्य मुलुकबाट नेपाल आउने जो कोहिलाई पनि पीसीआरको रिपोर्टका आधारमा सहजरुपमा उनीहरुलाई गन्तव्यसम्म पुग्ने वातावरण मिलाउनुपर्ने नेकपा मेचीनगर सचिवालय सदस्य भुपाल शिवाकोटीको भनाई छ ।

मेचीनगर प्रमुख बिमल आचार्य र उपप्रमुख मीना पोखरेल उप्रेतीले तत्कालै यस विषयमा छलफल गरी नगरपालिकाको तर्फबाट होल्डिङ्ग सेन्टरलाई थप सहज र ब्यवस्थित बनाउने बताउनुभयो । साच्चै नै होल्डिङ्ग सेन्टरको नाममा ठगीधन्दा चलेको ,होल्डिङ्ग सेन्टरका कारण यात्रुले यस्तो समस्या व्यहोर्नुपरेको हो भने यसको तत्काले समाधान खोजीनु पर्छ ।

होल्डिङ्ग सेन्टरको नाममा कसैले पनि अनावश्यक फाइदा लिनु हुदैंन । यसैका कारण विकृतिविसंगति बढेको हो भने होल्डिङ्ग सेन्टरको विकल्प खोजिनु पर्छ । यसमा समबन्धित पक्षको ध्यान जान जरुरी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here