श्रीमती विष्टको निधन

0
474

बिर्तामोड,मंसीर ३० । शनिश्चरेका प्रसिद्ध सामाजिक व्यक्तित्व स्व रघुवीर विष्टको धर्म पत्नीकी ९१ वर्षको उमेरमा निधन भएको छ ।
विष्टकी धर्म पत्नी मन्दिरा विष्टको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा शनिवार वेलुका निधन भएको हो । वि स १९८० सालमा जन्मिएकी उनी शनिश्चरे ४ का स्थायी वासिन्दा विगत केही महिनादेखि मधुमेह र श्वास प्रस्वास सम्वन्धी रोगवाट पीडित थिइन ।
झापा विर्तामोडका सामाजिक कार्यकर्ता गोपालकुमार वस्नेतकी सासूआमा श्रीमती विष्टका दुई छोरा प्रेम र श्याम मध्ये श्यामको निधन भइसकेको छ । छोरी रमा वस्नेत गोपाल कुमार वस्नेतकी  श्रीमती हुन । स्वर्गीय रघुवीका अर्की पत्नी तर्फ दुई छोरीहरु मैया पौडेल र पम्फा गौली रहेका छन् ।
स्वर्गीय विष्टको आइतवार कनकाई नदीमा अन्तेष्टी गरिएको छ ।aaa

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here