चेक बोकेर सहाराको समुह घरघरमा, ‘मेनेजर होस् त सहाराको जस्तो’

0
727

लक्ष्मीपुर ।

सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाल लक्ष्मीपुर सेवा केन्द्रले एकल महिला, एकल पुरुष, जेष्ठ नागरिक, जेष्ठ सदस्य पोषण, असक्त र अपाङ्गलाई दशैं तथा संरक्षण भत्ता वितरण गरेको छ ।

लक्ष्मीपुर सेवा केन्द्रले विहीवार संस्थाका ५७ जना सदस्यलाई ४ लाख ३० हजार रुपैयाँ वितारण गरेको हो । प्रत्येक सदस्यका घरमै गएर उनीहरुलाई रकम प्रदान गरिएको थियो ।

कोरोना भाइरस महामारीका कारण सहारा समुहले घर–घरमा गएर भत्ता वितरण गर्दा अपाङ्ग युवराज न्यौपाने, एकल महिला मिरादेवी मिश्र, जेष्ठ सदस्य तुलसीप्रसाद मिश्रले सहारा नेपाल साकोस र कर्मचारीलाई धन्यवाद दिदै भने ‘मेनेजर होस् त सहाराको जस्तो ।’

सेवा केन्द्रले २ जना जेष्ठ नागरिकलाई जनही ८ हजार, १२ जनालाई पोषण भक्ता जनही ६ हजार, ३ जना एकल पुरुषलाई जनही ६ हजार र २ जना अपाङ्गलाई जनही १० हजार र ३८ जना एकल महिलालाई जनही ८ हजार रुपैयाँ वितरण गरेको छ ।

लक्ष्मीपुर सेवा केन्द्रका प्रमुख उमेश भारतीले स्वागत तथा कार्यक्रमको औचित्य माथि प्रकाश पारेका थिए । संस्थाका सहायक निर्देशक दिनेशबहादुर निरौला, सेवा केन्द्रका सहयोग समिति संयोजक केदार शम्शेर गिरी, संस्थाका अनुगमन अधिकृत घनश्याम रायलगायतले सदस्यलाई चेक हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा सहयोग समिति सदस्य टोमकुमारी ओझा, दिव्यसरा उप्रेती, इकाई संयोजक तेजकुमार गिरी, वीरबहादुर चौहान, सीताराम अधिकारीलगायतको उपस्थिति थियो । कार्यक्रमको उद्घोषण सेवा केन्द्रका कर्मचारी खगेन्द्र निरौलाले गरेको थिए ।
संस्थाले दशै तथा संरक्षण भत्ता वापत ५३ लाख ७६ हजार रुपैयाँ वितरण गर्न लागेको जनाइएको छ । ५८ बर्ष नाघेका एकल पुरुष ६ जनालाई जनही ६ हजार, स्थायी असक्त तथा अपाङ्ग २ जनालाई जनही १० हजार, एकल महिला ५ सय १० जनालाई जनही ८ हजार, ६५ बर्ष नाघेका ९८ जनालाई जनही ६ हजार, ७० बर्ष नाघेका ६९ जनालाई जनही ८ हजार र ८१ बर्ष नाघेका १० जनालाई जनही १० हजार रुपैयाँ प्रदान गरिने संस्थाका सहायक निर्देशक निरौलाले बताए ।

संस्थाले एकबर्षको अवधिमा विभिन्न सामाजिक कार्य गरेको छ । संस्थाले कोरोना भाइरस महामारीका समयमा राहत वितरण, ट्राफिक सचेतना, सदस्यहरुलाई विभिन्न सीपमुलक तालिम, आँखा शिविर सञ्चालनसहित ३९ वटा कार्य गरिसकेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here