पटका सहित दुइ जना पक्राउ

0
586

सुनसरी ।

सुनसरीको ईटहरी–५ स्थित राजमार्ग एरियाबाट दई जना अतिसबाजी (पटका) सहित पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सुनसरी श्रीपुरका १९ बर्षीय आलम मिया र सोही स्थानका २७ बर्षीय समिर मिया रहेका छन् । विशेष सुराकका आधारमा खटिएको प्रहरी टोलीले उनीहरुलाई गयराती पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

राजमार्ग किनारमा पटका बोरा तथा कार्टुनमा लुकाई छिपाई राखेर सप्लाईका लागी मौका छोपी बसिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरको साथबाट ६७ बण्डल पटका फेला पारी बरामद गरिएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here