अब यसकारण असोज २० गते कालो दिन

0
969

झापा । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले छापामार शैलीमा प्रदेशको राजधानी दाङको भालुवाङ सार्ने निर्णय गराएपछि त्यहा आन्दोलन चर्किएको छ । राजधानी निर्णयको विरुद्धमा नेपाली काँग्रेस रुपन्देहीले असोज २० गते मंगलबारलाई कालो दिनका रुपमा मनाउने भएको छ । निर्णयलगत्तै नेपाली कांग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाकले विज्ञप्ति जारी गर्दै राजधानी सारिएको दिनलाई कालो दिनका रुपमा मनाउन जिल्लावासीमा अपिल गरेका छन् ।


जनताको भावनामा गहिरो चोट पुर्याउने सरकार र त्यसका मतियारहरुकाविरुद्ध उपयुक्त मुल्याङकन् हुने उनले बताए । उनले गरेको आग्रह अनुसार साँझ ७ बजे आघा घण्टा घरका वत्ति निभाएर विरोध जनाइएको थियो ।
व्यापक विरोध जनदवाव तथा अस्थायी राजधानी तोकिएपछि रुपन्देहीवासीले प्रदेश राजधानीका लागि गरेको योगदानलाई कुल्चदै सरकारले दुई तिहाई मतको दम्भले गलत निर्णय गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
साथै रुपन्देही राजधानीका लागि नेपाली काँग्रेस रुपन्देहीले निरन्तर आन्दोलन चलाइरहने र आफ्नो पार्टीको बहुमत पुगेका बेला रुपन्देही बनाउने दावी समेत गरेको छ ।
अहिले चलिरहेको आन्दोलनलाई फरक ढंगले जारी राखिरहने कांग्रेसले जनाएको छ । साथै आन्दोलनको रणनीति बनाउनका लागि बुटवलको होटलमा बसिरहेका बेला पक्राउ परेका नेपाली कांग्रेसका नेता कार्यकर्ताहरुलाई विना सर्त रिहा नगरे त्यसका विरुद्धको आन्दोलन थेग्न सरकारलाई मुश्किल पर्ने चेतावनी कांग्रेसको रहेको छ ।
पक्राउ परेको नेता कार्यकर्ताहरुलाई विभिन्न यातना दिने, झुट्टा मुद्दा लगाएर फसाउने प्रहरी प्रशासनको हर्कत तत्काल रोक्न कांग्रेसले आग्रह गरेको छ । राजधानी सार्ने निर्णय गर्ने पार्टी र सरकार तथा यसका पक्षधरहरुविरुद्ध उपयुक्त मूल्याङ्कन हुने पनि विज्ञप्तिमा उल्लेख छ ।
अहिले चलिहरेको आन्दोलनलाई फरक ढंगले जारी राखिरहने कांग्रेसले जनाएको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here