डाक्टरलाई कोरोना, मेची अस्पतालको ओपिडी सेवा बन्द

0
678

झापा ।

मेची प्रादेशिक अस्पताल भद्रपुरका तीन जना चिकित्सकमा कोरोना संक्रमण पुष्टि भए पछि ओपिडी सेवा बन्द भएको छ ।

अस्पतालका १ जना फिँजिसिएन, १ जना रेडियोलोजिस्ट र १ जना मेडिकल अफिसरमा आज बिहानको पीसीआर परीक्षणमा पोजेटिभ देखिएको हो । केही दिनअघि अस्पताल विकास समितिका अध्यक्ष सोमनाथ पोर्तेलमा कोरोना पुष्टि भएसँगै मेडिकल सुपरिटेन्डेन्ट डाक्टर पीताम्बर ठाकुर र केही चिकित्सक तथा कर्मचारी होम क्वारेनटिन तथा होटेल क्वारन्टिनमा बसेका छन् ।

जनशक्ति कम भएपछि हाल अस्पतालको इमर्जेन्सी सेवा मात्र सञ्चालनमा रहेको मेडिकल अफिसर डाक्टर लोचनबाबु सन्जेलले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here