डाइनामिक क्लवको अध्यक्षमा अर्जुनकुमार मैनाली चयन

0
824

तुलसीप्रसाद निरौला ,बिर्तामोड।

डाइनामिक क्लव विर्तामोड –१ झापाको अध्यक्षमा अर्जुनकुमार मैनाली चयन भएका छन् ।

 

 

बिर्तामोड– १ स्थित पञ्चकन्या सोसाइटीमा स्थापना भएको क्लवको प्रथम अधिवेशनले मैनालीको अध्यक्षतामा आगामी दुई वर्षे कार्यकालका लागि नयाँ कार्यसमिति चयन गरेको हो ।

नवगठित समितिको उपाध्यक्षद्वय दीपक घिमिरे, हेमन्त प्रसाई, सचिव दीपक भट्टराई, सहसचिव थर्कमान भट्टराई, कोषाध्यक्ष धर्मकला बस्नेत(कला),रहेका छन् ।

त्यस्तै सदस्यहरुमा कृष्णप्रसाद शर्मा, तुलसी भट्टराई, सुनिता प्रसाई, गंगादेवी खनाल (सीता), किशोर तिम्सिना, खगेन्द्र खरेल, निरोज तिम्सिना रहेका छन् । समितिका दुई सदस्य पछि मनोनित गरिने बताइएको छ ।

नयाँ कार्यसमिति चयनका लागि क्लवका मानार्थ सदस्य ज्ञानुराम प्रसाई संयोजक र रोहितकुमार भट्टराई, ऋषिराम मैनाली सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो ।

क्लवका उपाध्यक्ष दीपक घिमिरेको अध्यक्षता तथा बिर्तामोड नगरपालिकाका मेयर ध्रुवकुमार शिवाकोटीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सह–सचिव थर्कमान भट्टराईले स्वागत गरेका थिए ।

कार्यक्रममा हल्दिबारी गाउँपालिकाका अध्यक्ष रवीन्द्र लिङ्देन, बिर्तामोड वडा नं. १ वडाध्यक्ष अग्निप्रसाद पाण्डे, मानार्थ सदस्य ज्ञानुराम प्रसाई , नमूना बस्ती बिकास समितिका संयोजक अर्जुनकुमार मैनाली, पञ्चकन्या सोसाइटीका सचिव ओमनाथ उप्रेती, देवी पञ्चकन्या टोल बिकास संस्थाका अध्यक्ष रुपनारायण पाण्डेलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा बिर्तामोड नगरपालिका खेलकुद बिकास समितिका अध्यक्ष टिकाप्रसाद संग्रौला, आदर्श टोल बिकास संस्थाका अध्यक्ष डम्बरबहादुर बस्नेत, श्रीजंघा नचानु टोल बिकास संस्थाका अध्यक्ष भोजकुमार मास्के, मानार्थ सदस्य बजरंग राठी, सल्लाहकार समिति संयोजक ऋषिराम मैनाली, इलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक सुनिलकुमार श्रेष्ठले शुभकामना दिएका थिए ।

परिवर्तनका लागि युवा सशक्तिकरण आजको आवश्यकता, सभ्य समाज निर्माणमा हाम्रो सहभागिता भन्ने नाराका साथ बिर्तामोड नगरपालिका वडा नं. १ पञ्चकन्या सोसाइटीमा स्थापना भएको डाइनामिक क्लवले व्याडमिन्टन खेलका लागि कभर्डहलसमेत निर्माण गरेको क्लवका अध्यक्ष अध्यक्ष हिरानन्द थपलियाले जानकारी दिए ।

क्लवले पञ्चकन्या सोसाइटीमा शान्ति सुरक्षा कायम राख्न रात्रीकालिन गस्ती सञ्चालन गर्नुका साथै सामुहिक सरसफाई कार्यक्रम , पर्यावरणमैत्री कार्यक्रम , खेलकुद लगायतका कार्यक्रम सञ्चालन गरिरहेको पञ्चकन्या सोसाइटीका अध्यक्ष तेजमणि प्रसाईंले बताए ।

विभिन्न मनोरन्जनात्मक साँस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको कार्यक्रमको सञ्चालन क्लवका सचिव दीपक भट्टराईले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here