लागूऔषध ब्राउनसुगरसहित दुई जना पक्राउ

0
1043

झापा।

झापाको मेचीनगर नगरपालिका–७ मेचीखोला बगरबाट लागूऔषध खैरोहिरोईन ब्राउनसुगर सहित दुई जना पक्राउ परेका छन ।

पक्राउ पर्नेमा सोही स्थानका १८ बर्षीय राज सुबेदी शर्मा र मेचीनगर–८ का २० बर्षीय सौगात राई रहेका छन् । विशेष सूचनाको आधारमा लागूऔषध व्युरो काकड्भिट्टाबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई आज पक्राउ गरेको हो ।

उनीहरुको साथबाट ४ ग्राम खैरोहिरोईन ब्राउनसुगर बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

पक्राउ परेका दुबै जना विरुद्ध ईलाका प्रहरी कार्यालय काकड्भिट्टाबाट कानुनी कारबाही अगाडी बढाईएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here