झापामा ९ स्वास्थ्यकर्मीसहित ५५ जनालाई कोरोना संक्रमण

0
656

बिर्तामोड ।

झापामा एकैदिन ५५ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

१९ महिलासहित ३६ पुरुष गरी ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमणको संख्या जिल्लामा ११ सय १० पुगेको छ । जसमध्ये १२ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या दुई सय ९ जना रहेको छ ।

उनीहरु आइसोलेसनमा बसेका छन् । आइतवार कोरोना संक्रमण हुनेमध्ये सबैभन्दा बढी दमक र बिर्तामोडका छन् । दमकमा २५ र बिर्तामोडमा १५ जना कोरोना संक्रमित भेटिएका छन् । बिर्तामोडमा संक्रमितमध्ये ९ जना स्वास्थ्यकर्मी छन् ।

भद्रपुरमा १ जना बैंकका कर्मचारी संक्रमित छन् भने बाँकी सबै स्थानीय संक्रमित भएको जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले जनाएका छन् । संक्रमितमध्ये मेचीनगरमा ५, भद्रपुरमा ३, बाह्रदशी, झापा, शिवसताक्षी, गौरादहमा १÷१ जना छन् भने कमल गाउँपालिकामा दुई जना कोरोना संक्रमित भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here