ट्राफिक प्रहरीद्धारा यात्रु सहायता कक्ष सञ्चालनमा

0
864

झापा ।

नेपालीहरुको महान् चाड बडादशै, शुभ दिपावली तथा छठ पर्वहरुको अवसरमा देशका बिभिन्न स्थानबाट आवत जावत गर्ने यात्रुलाई ध्यानमा राखेर प्रदेश ट्राफिक प्रहरी कार्यालयले यात्रु सहायता कक्ष सञ्चालनमा ल्याएको छ ।

यात्रुहरुको सुविधालाई ध्यनजर गरी यात्राका क्रममा यात्रुहरुलाई आइपर्ने समस्यालाई तत्काल सम्बोधन गर्न चाडपर्व अवधिभरका लागी १नं.प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीको आयोजनामा प्रदेशका विभिन्न स्थानमा सहायता कक्ष सञ्चालनमा ल्याइएको जनाइएको छ ।

इलाका प्रहरी कार्यालय इटहरीका कार्यालय प्रमुख प्रहरी नायब उपीक्षक अर्जुन केसी लगायत सरोकारवाला संघ सस्थाका प्रतिनिधी,नागरिक समाज तथा यात्रुहरुको उपस्थिती रहेको थियो ।

१नं.प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका कार्यालय प्रमुख प्रहरी उपरीक्षक संजिव शर्मा दासले यात्रु सहायाता कक्ष इटहरी ” को उद्घाटन गरेका थिए । उनले यात्रुहरुलाई सचेतनामुलक पर्चा समेत वितरण गर्दै यात्रा सफलताको शुभकामना समेत दिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here