प्रतिनिधिसभाकी सांसद सानु सिवाको निधन

0
936

इलाम ।

संघीय संसद प्रतिनिधिसभाकी सदस्य सानु सिवा पहाडीको बुधवार निधन भएको छ।

लामो समयदेखि मृगौला र मुटुको समस्याबाट पीडित सांसद सिवाको उपचारकै क्रममा काठमाडौं मेडिकल कलेजमा निधन भएको सिवाका परिवारका सदस्यलाई उधृत गर्दै ताप्लेजुङ सरोकार केन्द्रका उपाध्यक्ष टंक श्रेष्ठले जानकारी दिए।

दुबै मृगौलाले काम गर्न छाडेपछि उनको केहि समय केहि मृगौला प्रत्यारोपणसमेत गरिएको थियो। नेपाल कम्युनिष्ट पार्टी(नेकपा)बाट समानुपातिक कोटामा प्रतिनिधिसभा सदस्य बनेकी सानु सांगितिक क्षेत्रमा निकै अब्बल मानिन्थिन्।

ताप्लेजुङमा जन्मिएकी सानुको कर्मघर भने इलाम हो।

साभार:https://nagariknews.nagariknetwork.com/politics/361361-1602653557.html

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here