नगर प्रमुख खरेल कोरोनामुक्त

0
1171

बूढानीलकण्ठ,

बूढानीलकण्ठ नगरपालिकाका प्रमुख उद्धवप्रसाद खरेल कोरोना सङ्क्रमणबाट मुक्त हुनुभएको छ ।

नगर प्रमुख खरेल कोरोना सङ्क्रमण भएपछि सेल्फ होम आइशोलेशन बस्नुभएको थियो ।

सङ्क्रमणको कुनै पनि लक्षण नदेखिएकै कारण पनि रोगबाट मुक्त हुन सफल भएको प्रमुख खरेलले बताउनुभयो ।

आफ्ना सवारी चालकलाई कोरोना सङ्क्रमण पुष्टि भएपछि कन्ट्याक्ट ट्रेसिङमा पर्नुभएका खरेलमा समेत सङ्क्रमण पुष्टि भएको थियो । कोरोनामुक्त भएसँगै आजदेखि कार्यालयका काममा फर्किने उहाँले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here