मेचीनगरका प्रमुख विमल आर्चायलाई कोरोना संक्रमण

0
1020

झापा ।

झापामा कोरोना भाइरसको संक्रमण बढी रहेका बेला मेचीनगर नगरपालिकाका नगरप्रमुख विमल आचार्यलाई कोराना संक्रमण भएको छ ।

कनकाई प्रयोगशालामा मङ्गलवार उनको पीसीआर गरिएको थियो । बुधबार रिपोर्ट पोजेटिभ आएको मेचीनगरका कोभिड फोकल पर्सन नविन बरालले जानकारी दिए ।

नगरप्रमुख आचार्यको परिवारका अरु दुई जना र काँकरभिट्टा स्वास्थ्य चौकीका प्रमुख लेखनाथ खतिवडामा पनि कोराना पोजेटिभ देखिएको छ । नगरप्रमुख आचार्य पीसीआरका लागि स्वाव दिएपछि होमा आइसोलेसनमा रहेका छन् ।

उनको स्वास्थ्य अवस्था हाल सामान्य छ । आज मेचीनगरमा नगरप्रमुखसहित ४ जनामा कोरोना संक्रमण भएको हो । यसअघि दमक नगरपालिकाका मेयरलाई समेत कोरोना पुष्टि भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here