दुहागढी ।

चाडपर्व लक्षित शान्ति सुरक्षा सम्बन्धी एक दिने अन्तरक्रिया कार्यक्रम झापाको दुहागढीमा बिहिबार सम्पन्न भएको छ ।
मेचीनगर नगरपालिका १४ नं. वडा कार्यालयको आयोजनामा सम्पन्न कार्यक्रममा टोल विकास संस्था, स्थानीय राजनीतिक दल, सुरक्षा निकाय र संघ संस्थाका प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा मेचीनगर नगरपालिका १४ नं. वडाका वडा अध्यक्ष शंकर प्रसाद पोख्रेल र चारआली प्रहरी चौकीका प्रमुख किरण कुमार राईले वडाको शान्तिसुरक्षाको अवस्थाको बारेमा जानकारी गराएका थिए ।
कार्यक्रममा सहभागिहरुले कोरोना महामारीका कारण मठमन्दिरमा गरिने पुजाआजालाई सुरक्षा मापदण्ड पालन गरी गरीनु पर्ने दशैं मनाउन बाहिरबाट आउने व्यक्तिहरुको अभिलेखिकरण गरिनु पर्ने, विग्रिएका सडकबत्तीहरु दशैं अघि नै मर्मत गरिनु पर्ने, साँझको समयमा सुरक्षा गस्ती बडाउनु पर्ने लगायतका सुझाव दिएको नगरपरिषद सदस्य लाल महमद मियाले जानकारी दिएका छन् ।
कार्यक्रममा संघ संस्थाका प्रतिनिधीहरु जीवन प्रसाईं, भोला मिश्र, गोपिराज मैनाली, विश्व थापा, राजनीतिक दलका वडाका प्रमुखहरु प्रेम साँवा लिम्बु, प्रेम बहादुर न्यौपाने, दुर्गा धमला, कार्यपालिका सदस्य बिन्दा प्रसाईं लगायतले मन्तव्य राखेका थिए । मेचीनगर १४ का वडा अध्यक्ष शंकर प्रसाद पोख्रेलको सभापतित्वमा सम्पन्न कार्यक्रमको संचालन नगरपरिषद सदस्य सुरेश बुढाथोकीले गरेका थिए ।































