सकियो शैक्षिक महोत्सव

0
394

IMG_1962
बिर्तामोड,पुस १० ।  छैठौं बृहत शैक्षिक महोत्सव तथा पुस्तक प्रदर्शनी २०७० आजबाट सम्पन्न भएको छ ।
झापाको विर्तामोडमा आयोजित महोत्सवको समापन कार्यक्रममा विभिन्न प्रतियोगिताका विजयी विद्यार्थीलाई पुरस्कृत गरिएको थियो ।

गायन प्रतियोगितमा कन्काई उच्च मावि विर्तामोडका रोशन खरेल प्रथम, न्यूटनकी अश्मिता विक दोस्रो र इस्ट होराइजनका साइकिरण लम्साल तेस्रो भएका थिए । त्यसैगरी बक्तृत्वकला प्रतियोगितामा बुद्ध आदर्श उच्च मावि बुधबारेकी प्रीति गौतम प्रथम भएकी थिन् । दोस्रो हुनेमा दर्गा उच्च मावि गरामनीकी भावना भट्टराई, तेस्रो हुनेमा मनकामना उच्च माविका पंकज गौतम थिए भने सान्त्वना पुरस्कार कोहेडका मनोज बस्नेत पाएका थिए ।
नृत्य प्रतियोगितामा राइजिंग सन बोर्डिंग स्कूल शनिश्चरे प्रथम, होलिबेल धुलाबारी दोस्रो र मदरल्याण्ड दमक तेस्रो भएका थिए । सान्त्वना पुरस्कार विर्तामोडको इडन गार्डनले पाएको थियो ।

हात हातमा पुस्तक, घर घरमा पुस्तकालय भन्ने नाराका साथ महोत्सव आयोजना गरिएको नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघका झापा अध्यक्ष फडिन्द्र न्यौपानेले बताए । पुस्तक प्रदर्शनीमा नेपालका ख्याति प्राप्त प्रकाशनहरु साझा, एकता, रत्न, आठराई लगायतका प्रकाशन गृहहरुका स्टलहरु राखिएका थिए । पुस्तकहरुका साथै शिक्षासंग जोडिएका कम्प्यूटर, सवारी साधन लगायतका बस्तुहरुको समेत स्टलहरु थिए ।

महासंघका उपाध्यक्ष प्रभात सुवेदीका अनुसार अश्लिल पुस्तकहरुलाई निरुत्साहित गर्नका लागि महोत्सवको परम्परा बसाइएको हो । उनले भने, ‘हाम्रा सन्तानहरुले अश्लिलता बोकेका पुस्तकहरु नभइ सिर्जनात्मक पुस्तकहरु पढने बानी बसालुन भन्ने महोत्सवको उद्धेश्य हो ।’ अन्नपूर्ण पोस्टको मुख्य प्रायोजनमा भएको महोत्सव तथा पुस्तक प्रदर्शनीको बुधबार समापन भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here