नेपाल प्रेस युनियन झापाद्वारा पत्रकारलाई प्रेस ज्याकेट वितरण

0
778

तुलसीप्रसाद निरौला ,बिर्तामोड ।

नेपाल प्रेस युनियन झापामा आबद्ध क्रियाशिल पत्रकारहरुलाई आइतवार एक कार्यक्रमका वीच प्रेस ज्याकेट वितरण गरिएको छ ।

 

जी.पी. कोइराला फाउण्डेशन झापा र प्रेस युनियन झापाको सहकार्यमा नेपाल प्रेस युनियन झापामा आबद्ध क्रियाशिल पत्रकारहरुलाई प्रेस ज्याकेट वितरण गरिएको हो ।

जुनसुकै अवस्थामा पत्रकारहरुलाई कार्यक्षेत्रमा खटिँदा सुरक्षित र सहजता होस् भन्ने उद्देश्यले प्रेस ज्याकेट वितरण गरिएको नेपाल प्रेस युनियन झापाका अध्यक्ष इन्दु पूर्वेलीले बताइन् ।

जयन्द्रप्रसाद प्रसाई साहित्य सेवाकोषको सभाहलमा आयोजित दशैंको शुभकामना आदान–प्रदान तथा प्रेस ज्याकेट वितरण कार्यक्रमका बीच प्रेस ज्याकेट पत्रकारहरुलाई वितरण गरिएको हो ।

 

नेपाल प्रेस युनियन झापाकी अध्यक्ष इन्दु पूर्वेलीको अध्यक्षता र नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य गोविन्दचन्द क्षेत्रीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि क्षेत्रीले कोरोना भाइरसका कारण समाचार संकलन, सम्प्रेषण गर्न कठिन भइरहेको अवस्थामा पत्रकारको पहिचान खुल्ने प्रेस ज्याकेटले पत्रकारहरुलाई कार्यक्षेत्रमा खटिन सहज हुने बताए ।

कार्यक्रममा नेपाल प्रेस युनियनका पूर्व केन्द्रीय सदस्य लोकराज ढकालले कोरोना भाइरसको संक्रमणका कारण सञ्चार क्षेत्र नराम्ररी प्रभावित भएको बताउँदै सञ्चारकर्मीले कठीन परिस्थीतिसंग जुधेर सञ्चारकर्म गरिरहेको वताए ।

त्यस्तै नेपाल प्रेस युनियनका पूर्व केन्द्रीय सदस्य कृष्ण हुमागाईंले कोरोना भाइरसको संक्रमणका कारण सञ्चारमाध्यमहरु अहिले चरम आर्थिक संकटबाट गुज्रिरहेको बताउँदै सञ्चारकर्मी पनि यसको मारमा परेको जनाए ।

जी.पी. कोइराला फाउण्डेशन झापाका सचिव महेन्द्र भट्टराईले संस्थाको कार्यक्रम अनुसार नेपाल प्रेस युनियन झापामा आबद्ध क्रियाशिल पत्रकारहरुलाई प्रेस ज्याकेट प्रदान गरेको बताए ।

कार्यक्रमको सञ्चालन नेपाल प्रेस युनियनका केन्द्रीय पार्सद् रञ्जित परियारले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here