नगर भवन निर्माण द्रुतगतिमा

0
1200

राँझा,

नेपालगञ्जमा सुविधासम्पन्न नगर भवनको निर्माण कार्य द्रुतगतिमा अघि बढेको छ ।

नेपालगञ्ज उपमहानगरपालिका–१४ महेन्द्रनगरमा निर्माणाधीन भवन निर्माणको कार्यले गति लिएसँगै निर्माणको भौतिक प्रगति ५५ प्रतिशत पुगेको शहरी विकास तथा सङ्घीय आयोजना कार्यान्वयन एकाई नेपालगञ्जका सूचना अधिकारी होमनाथ भुसाालले जानकारी दिनुभयो ।

उहाँका अनुसार सङ्घीय सरकारको रु. ३२ करोड ४ लाख ६३ हजारको लागतमा निर्माणाधीन ८ सय जना ब्यक्ति अट्न सक्ने क्षमताको यो नगर भवन २०७८ साउन २५ भित्र तयार गरी सक्ने लक्ष्य रहेको छ ।

निर्माण कार्यको ठेक्का लामा कन्ट्रक्सन कम्पनी प्रालि. काठमाडौँले पाएको छ । ठेक्का सम्झौता २०७५ माघ २५ गते भएको हो । नेपालगञ्जबाट करीब ४ किलोमिटर दक्षिण पूर्वमा अवस्थित भवानियापुर गाउँमा निर्माणाधिन नगर भवन शहरको कोलाहलभन्दा टाढा एकान्तमा छ ।

नेपालगञ्जमा अहिले ठूला सभा सम्मेलन गर्नपरे होटल खोज्दै हिड्नुपर्ने बाध्यता रहेको छ । नगर भवन निर्माण भएपछि सरकारी तथा अन्य ठुला कार्यक्रमको लागि हल खोज्दै हिँड्नुपर्ने वाध्यताको अन्त्य हुने नेपालगञ्ज उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालले बताउनुभयो । सुविधा सम्पन्न नगर हलले वडा नं. १४ कै विकासमा योगदान पु¥याएको वडाध्यक्ष ओमकार मिश्राले बताउनुभयो ।

सङ्घीय सरकारले भवानीयापुरमा नगर हल बनाउने कार्यले वडा नं. १४ को विकास निर्माण र महत्वलाई ध्यान दिएको स्थानीय अगुवा मनोज बर्माका भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here