खाँदबारीका कृषकलाई आधुनिक हलो वितरण

0
1242

किमाथाङ्का, सङ्खुवासभाको खाँदबारी नगरपालिकाले कृषकलाई आधुनिक हलो मिनीटिलर वितरण गरेको छ ।

 

 

परम्परागत कृषि पेशालाई व्यावसायिक र आधुनिकीकरण बनाउन खाँदबारी नगरपालिकाले कृषकलाई २८ आधुनिक हलो वितरण गरेको छ ।

श्रम र समयको बचत, सीमित जनशक्तिबाट पर्याप्त काम हुने भएपछि किसान हाते ट्रयाक्टरको प्रयोगतर्फ आकर्षित भएका छन् । नगरपालिकाले कृषकलाई अनुदानमा मिनीटिलर वितरण गरेको नगर प्रमुख मुरारीप्रसाद खतिवडाले जानकारी दिनुभयो ।

आधुनिक खेतीप्रणाली विकास गर्न किसानलाई मिनीटिलर वितरण गरिएको हो । नगरपालिकाले नगरभित्रका किसानलाई व्यावसायिक कृषि प्रणालीको शुरुआत गर्न ५० प्रतिशत अनुदानमा मिनीटिलर उपलब्ध गराएको नगर प्रमुख खतिवडाले बताउनुभयो ।

किसानलाई राज्यले गरेको लगानी खेर नफाली उत्पादनमा वृद्धि गर्दै बढीभन्दा बढी मात्रामा आर्थिक उपार्जनतर्फ लाग्न नगर प्रमुखले खतिवडाले आग्रह गर्नुभयो ।

रु ६३ हजार २५० मूल्य पर्ने मिनीटिलर नगरपालिकाको ५० प्रतिशत अनुदानमा वितरण गरिएको नगरपालिका कृषि शाखाका प्रमुख मेघराज पोख्रेलले जानकारी दिनुभयो ।

नगरपालिकाले किसानको ५० प्रतिशत लगानीमा नगरभित्र रु एक करोड ७७ लाख एक हजार मूल्य बराबरको हलो वितरण गरेको जनाएको छ । नगरका ११ वडाका कृषक तथा कृषि समूहलाई एकएक वटाका दरले टिलर उपलब्ध गराइएको हो ।

वडामा दुईदुई वटाका दरले र कृषि क्षेत्रमा लगाव धेरै भएका ६ वटा वडामा एकएक थप गरेर टिलर वितरण गरिएको उहाँको भनाइ छ । नगरले हरेक वर्ष किसानलाई मिनीटिलर वितरण गर्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here