हराएका तथा चोरी भएका ३८ थान मोवाइल फेला

0
622

सुनसरी।

ईलाका प्रहरी कार्यालय ईटहरीले बिभिन्न ब्राण्डका ३८ थान मोवाइल सेट फेला पारी सम्बन्धित धनीलाई बुझाएको छ ।

आफ्ना मोवाइल विभिन्न स्थानहरुबाट हराएको तथा चोरी भएको भन्ने बिभिन्न ब्यक्तिहरुले दिएको निवेदनको आधारमा खोजतलास गर्ने क्रममा गत महिना देखी हालसम्म करिव १८ लाख ५५ हजार ८ सय मुल्य बराबरका ३८ थान मोवाइलल सेट फेला पारी आज सम्बन्धित धनीहरुलाई बुझाएको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय ईटहरीमा सीडीआर शाखा स्थापना भएदेखी हालसम्म बिभिन्न ब्राण्डका अन्दाजी ३ सय ३४ थान मोवाईल सेटहरु फेला पारी सम्बन्धित धनीलाई बुझाई सकिएको उक्त कार्यालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here