शिक्षक हित बचत तथा ऋण सहकारीको आठौं साधारणसभा सम्पन्न

0
890

झापा,

शिक्षक हित बचत तथा ऋण सहकारी संस्थाले १५ वटा गाउं वा नगरपालिकामा अलगअलग आठौं साधारणसभा गर्दै आएर आज बिर्तामोड नगरको साधारणसभासंगै समापन सभा गरेको छ।

आजको भेलाको प्रमुख अतिथि शिक्षा विकास तथा समन्वय इकाई झापाका प्रमुख राजकुमार वि,क, विशेष अतिथि बुद्धिमान कार्की अतिथि केशव ओझा ,धर्मेन्द्र भट्टराई ,कृष्ण पाठक लगायत रहनु भएको थियो भने साकोसका जिल्ला अध्यक्ष नारायण गौतमको अध्यक्षता रहेको भेलालाई स्वागत बिर्तामोड नगरका संयोजक लक्ष्मण सिवाकोटीले गरेका थिए ।

साकोसको वाषिर्क प्रतिवेदन ,लेखापरीक्षण प्रतिवेदन आगामी कार्यक्रमको सहित ४२, पेज लामो प्रतिवेदन अध्यक्ष गौतमले वाचन गर्दै ,नियमित बचत संस्थाको धडकन भएकोले शेयर सदस्यहरुलाई अनिवार्य नियमित बचत गरी भविस्य सुनिश्चित गर्न बारम्बार सुझाउनु हुँदै सुन्दर शिक्षक कोलोनी बनाउंन,बाल बचत गर्न र संस्थाको गतिविधिका कमजोरीहरु सुधार्ने सल्लाह दिन पनि अनुरोध गर्नुभयो ।

सहकारीको अब्बल संस्थाको रूपमा विकास गर्न बुद्धिजीवी शिक्षकहरुले अहंम भुमिका खेल्न सक्ने भन्दै अध्यक्ष गौतमले प्र,अ, गाउँ वा, नगरपालिकाका संचालक समितिले शिक्षकलाई अनिवार्य भन्दा बढी बचत गर्न प्रोत्साहन गर्न सकिने बताउंदै, ल्यापटप किन्न साझेदार ऋण दिनेजस्ता राम्रा सुबिधा ल्याएको ,प्रोत्साहन सुबिधा थपेको कुरा नमूनालायक भन्दै पदाधिकारीलाई पनि यातायात खर्चलगायतको कार्यक्रम भएकाले अब आउने कार्यसमिति उत्प्रेरित हुने बिचार राख्नुभयो।

भेलामा उत्कृष्ट वचतकर्ता शिक्षक वर्मालाल शर्मा ,उत्कृष्ट ऋण कारोबार कर्ता शिक्षक प्रधुम्न भट्टराई ,उत्कृष्ट बाल वचतकर्ता दिब्य लिम्बूकी आमा शिक्षक वन्दना मादेम्वालाई सम्मान पत्र, करुवा प्रदान गरियो भने उत्कृष्ट सहकारी सेवा सम्मान निवर्तमान ब्यवस्थापक निरु योगीलाई प्रदान गरियो। त्यसैगरी शिक्षक साकोसका कार्यक्रमलाई सहयोग गर्ने उत्कृष्ट विद्यालयहरु श्री हिमाली मा,वि, कन्काइ,लक्ष्मीपुर र पन्चरत्न मा,वि, बिर्तामोडलाई पनि सम्मान गरियो।

भेलालाई शुभकामना दिंदै नेपाल शिक्षक महासंघका जिल्ला अध्यक्ष बुद्धिमान कार्कीले निबृत भएका शिक्षक साथीहरूले संस्था बलियो बनाउन सक्ने बिचार राख्नु भयो भने समन्वय इकाई प्रमुख राजकुमार सरले साकोस सेयर सदस्यहरुले चलायमान बनाउनुपर्ने नत्र नचलाएको मेसिन झैँ खिया लागेर काम नचल्ने हुने भन्दै शिक्षक विद्यार्थीको सम्पर्क अनलाइन कक्षा वा अरु विकल्पबाट कायम राख्ने सुझाउंनु भयो१ दिपक सिवाकोटीको कविता वाचन भएको भेलाको सञ्चालन भने जिल्ला उपाध्यक्ष हरिप्रसाद न्यौपाने ले गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here