बिर्तामोडको एक इतिहास ढल्यो, रहनुभएन परशुराम बा

0
1159

सबैमाझ परशुराम बा (बुवा)भनेर परिचित उहाँ बिर्तामोड र समग्र झापाकै एक इतिहास हुनुहुन्थ्यो । दानवीर, धार्मिक व्यक्तित्वका रुपमा परिचित उहाँकै कर्म र उहाँका सन्ततीको सत्मार्गका कारण बिर्तामोडको ढकाल परिवार प्रतिष्ठित छ ।

पूर्वाञ्चल दैनिकका डेक्स सम्पादक लक्ष्मण ढकाललाई पितृशोक परेको छ ।

ढकालका पिता झापा विर्तामोड –५ निवासी समाजसेवी पर्शुराम ढकालको ९९ वर्षको उमेरमा कात्तिक ९ गते आइतवार विहान १० ः१५ मा स्वर्गारोहण भएको हो ।

स्व. ढकालका छ जना छोरा , एक जना छोरी ,सात जना नाती, १३ जना नातीनि , तीन जना पनाती , पाँच जना पनातीनि रहेका छन् । स्व. ढकालका छोरा – वुहारीहरुमा स्व.मदन – सावित्रा , मोहन –शिला , लक्ष्मण –दुर्गा , स्व.भरत – भगवति ,अरुण –स्व.विमला र सुरेश – तारा ढकाल रहेका छन् । त्यस्तै एक जना छोरी –ज्वाईं दुर्गा –भिष्म आचार्य रहेका छन् ।

स्व. ढकालका छोराहरुमध्ये मदन झापाका अग्रज पत्रकार हुन् भने उनी पूर्वाञ्चल दैनिकका तत्कालिन प्रधानसम्पादक हुन् ।  मदनको २०७४ साल मंसीर २३ गते स्वर्गारोहण भएको थियो ।

त्यस्तै मोहन विर्तामोड उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष लगायत विभिन्न संस्थामा आवद्ध छन् भने वुहारी शिला वीरता लेडी जेसीजकी आजीवन सदस्य हुन् ।

त्यस्तै सुरेश सजिलो वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष हुन् भने वुहारी तारा सृजनशील वचत तथा ऋण सहकारी संस्थाकी व्यवस्थापक हुन् ।

झापाका समाजसेवी ढकालप्रति पूर्वाञ्चल दैनिक परिवारले भावपूर्ण श्रृद्धाञ्जलि अपर्ण गरेको छ । पूर्वाञ्चल दैनिकका प्रकाशक भरतलाल गिरी, प्रधान सम्पादक एकराज गिरी, व्यवस्थापक चन्द्रकान्त ढकालसहित पूर्वाञ्चल दैनिक परिवारले शोकाकुल ढकाल परिवारजनप्रति धैर्य धारणा गर्ने शक्ति प्राप्त होस् भनी समवेदना ब्यक्त गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here