किन सरकारको कानमा रुवा? यौन हिंसा बढ्दाे छ?

0
1310

रबिना मैनाली

मानिस साच्चै एउटा प्रगतिशील प्राणि हो। हिजो हजुरबुवाका जीवन कहानी त्यसपछि बुवाका जीवन कहानी र आजकादिन जुन हामीसबैले भोग्दै गरेको जिवनशैलिलाई दाजेर हेर्दा समय कति बलवान् रहेछ अनि उत्तिकै प्रगतिशिल पनि रहेछ भन्नेकुरामा दुईमत हुनेछैन। जतिजति समाज शिक्षित बन्दै उज्यालो तिर लम्किदै गहिरहेको छ, जति जति समाज विकसित बन्दै,नयाँ नयाँ श्रोत-साधन र प्रबिधिले शिखर चुम्दै हरेक कुरामा सहज बनाउदै लागिरहेको छ त्यतिनै अर्कोतिर आज हाम्रो  समाजमा घटेका घटनाहरु र  केहि पशुहरुको सोच र अपराधले तल गिर्दै गएको महसुस गर्न बाध्य बनाउदैछ।

नेपालमा अधिकाम्स हिन्दु धर्मलम्बीहरुको बसोबास रहेको छ। जसको धर्मले छोरी-चेलीलाई देविको स्थान दिएको छ। जस्ले कुमारी पुजा,दुर्गा पुजा,लक्ष्मी पुजा,सरस्वती पुजा गर्न सिकाएको छ।शास्त्रले हरेक नारीलाई दुर्गा,गौरी,सरस्वती,लक्ष्मी कै सन्तान मानेर एउटा उच्च स्थानमा राखेको छ र सबै यिनै देविको स्वरुप मान्दछन। भागवत गीतामा लेखिएको छ स्त्रीलाई सुरक्षा देउ भनेर अनि यहि हामी सिक्दै र गर्दै पनि आइरहेका छौ। यहाँ अन्य धर्मले पनि नारीलाई सृष्टिकर्ता मानेर अदर सम्मान गर्दछ।

नारी सृष्टि कर्ता जो आफैमा सृष्टिको सबै भन्दा सुन्दर,कोमल सृष्टि हुन। नारी बिना सृष्टि असम्भव छ,नारी बिना घर सुनसान छ, नारी बिना दिन पनि अन्धकार छ। नारी नै एक मात्र त्यो शक्ति हो जस्ले सन्सारलाई जन्म दिन्छिन, माया ममताको छहारीमा आस्राय दिन्छिन, निस्वार्थ माया गर्न सिकाउछिन।।

शास्त्रमा मात्र नभएर नेपालको संविधानले पनि महिलाका हक हितकालागि विभिन्न कानुनहरु बनाएको छ। महिला हिंसा र अन्यायका विरुद्धमा लड्ने  विभिन्न संघ सस्थाहरुलाई काम गर्न अनुमति दिएको पनि  छ। आज भोलि महिला हिंसा समन्धी समाचार रेडियो, टि.भि तथा पत्रपत्रिकामा विभिन्न प्रकारका घटनाहरु प्रशस्त सुन्न, हेर्न,पढ्न पाइन्छ र सङ्सगै महिलाहिंसा विरुद्ध आवज उठाएको पनि देख्न, सुन्न पाइन्छ। यतिबेला समाजिक संजाल २१ औं सताप्दीको जल्दोबल्दो,छिटो छरितो समाधानदाता र विश्लेषक बन्दै गएको छ। जहाँ आफ्नो बिचार र टिप्पणीलाई आदन प्रदान, मन्थन तथा आलोचना गर्ने एउटा मध्यम बनेको छ। कहिले राजनीति, कहिले राजनीतिज्ञ,कहिले सिनेमा र कलाकार,कहिले देश,बिदेश,रोजगार,बेरोजगारका यस्ता विभिन्न बिधामा विभिन्न विश्लेषकको राय र टिप्पणीले सामाजिक संजाल भरीभराउ हुन्छ।
२०७५ साउन १० गते कंचनपुरकि १३ वर्षकी किशोरी निर्मला पन्तको बलात्कार र बलात्कार पछीको हत्याले अझै न्याय पाउन नसकीरहेकोकुरा र यस्ता अन्य घटनाले बिगत २ बर्ष देखि सामाजिक संजाललाई अझबढी तताही रहेको छ! न्याय माग्दै सडकमा जुलुस र र्याली जस्ता कार्यक्रम पनि भइरहेका छ्न। एक बाबु आमाको आँसु सुक्न नपाउदै,उनको गुहार नसुनिएको बेला यस्तै घटना दोहोरिएको छ। सम्झना बि.क को घटना ताजै छ यतिबेला, यस्ता निर्मला र सम्झनाका जस्ता कयौं घटनाहरु छ्न जस्ले न्याय पाउन सकिरहेको छैनन। किन हाम्रो संविधान र कनुन उलंघन भइरहेको छ? कानुन छ भने कारवाही किन छैन?? कनुन कगजमा सिमित किन? अपराध र अपराधीलाईलाई माया र संरक्षण किन? अनेक प्रश्न बोकेर आजको युवापीडि सरकारको अगाडी खडा भएको छ।
नेपाल प्रहरीको तथ्यांकलाई हेर्ने हो भने ०७२/०७३ देखि ०७६/०७७ ५ वर्षसम्मको ८ हजार ७४ जनाको बलात्कारको घटना  र बलात्कार प्रयासका घटना ३ हजार १ सय ८८ घटना दर्ता भएको छ। ०७६/०७७ को तथ्यांकलाई हेर्ने हो भने हरेक दिन ६/७ जना महिलाको बलात्कार हुने गर्दछ। जस्मा धेरै जसो चिनेजानेकै मान्छे जो नातागोता भित्रको, आफन्त शिक्षक,छिमेकीबाट नै भइरहेको पाइन्छ भने कतिपय घटनाहरु विलाएका छ्न जो दर्ता नै नभएका पनि छ्न। कतिपय घटना पैसाको तौलमोलमा ढाकिएका पनि छन। हुन त बलात्कार र बलात्कारी विरुद्ध आवाज उठिरहेका छ्न, न्याय दे,अपराधीलाई सजाय दे, फासी दे जस्ता मागहरु र अ-आफ्ना बिचारहरुले समाजिक संजाल ब्यस्त बनिरहेको छ। आजभोलि यसै विषयले सामाजिक संजालमा अ-आफ्ना सोच र क्षमताले  उठाएका आवाजहरु देख्न सुन्न पाइन्छ। कसैले सिधै फासीको माग गरेका छन,कसैले भने धेरै जसो बलात्कार चिनजान भित्रकै नातागोताको मान्छेबाट हुनेभएकोले फाँसी को सजाय हुदा घटनाहरु बाहिर आउन छोडछ,केस दर्ता नै नहुने सम्भावना हुन्छ भन्दै अन्दाज र अड्कललाई दर्शाएका छ्न र फाँसी होइन जन्मकैदको सजाए हुनुपर्ने कुरालाई पस्केका छ्न भने कतिपय विश्लेषकले नेपालमा यौन आकाङ्छालाई संतुष्ट पर्नलाई सरकारले केहि सोचेकै छैन त्यसैको कारणले यस्ता घटनाहरु दोहोरिनु र बढनु अर्को एउटा कारण हो भनेर यसको कारणहरु देखाउदै भिन्न प्रकारका पोस्टहरु र विचारहरु फेसबुक तथा टुइटरमा पोस्टट्याउने प्रवृत्ति बढ्दै गएको छ। यौन हिंसाका  घटना दिन प्रतीदिन बढ्नुको कारण  कसैले प्रबिधिलाई पनि दोषी ठहराएका छ्न, कसैले महिलाको पोसाकलाई,कसैले शिक्षाको कमिलाई दोषी देखाएकाछ्न भने कसैले सोच र सस्कारलाई दोषी मान्दछ्न। अनि कसैले कानुन र सरकारलाई..
तर यहाँ दोषी कोहो?? किन बढ्दै छ यौन हिंसा?? साच्चै सोचेर ल्याउदा हैरानी यहाँ हुन्छ कि शिक्षाको कमिले भन्नेलाई बाध्नलाई उस्को धर्मले बाध्नु पर्ने हो,  उस्ले पुज्ने देविहरुको सम्मानकालगि उस्को सस्कारले बाध्नु पर्ने हो। मति बिगार्ने समाजका भुसुनाहरु जो आफुलाई शिक्षित भन्छ्न त्यस्ता शिक्षित भनौदालाई   कानुनले बाध्नु पर्ने हो, हामी सग हाम्रो संविधान छ, फेरि पनि कानुनलाई छलेर कानुनको अगाडी नायक हुनेहरुको अन्याय र हिंसा विरुद्ध आवज उठाउने विभिन्न सस्थाहरु छ्न अनि सरकार छ,यस्ता गु का भुसुनालाई कानुनले बाध्नु पर्ने होईन र?? तर पनि यहाँ दिनहुुँ महिलामाथी हुने बलात्कारका घटना बढ्दाेेक्रममा छ।
आखिर किन?? यौन हिंसा बालबालिका,किशोरी र महिलाहरुको हरेक बर्गमा बढ्दाे क्रममा छ। के सरकारले यसको बारेमा सोच्दै छ?? कि सरकारका निमित्त यौन हिंसा सोच्नु पर्ने एउटा जटिल विषय होइन?? संविधान र कानुन हुँदा पनि अपराधीलाई सजाय दिन नसक्नु र न्यायको पक्षमा केहि नबोल्नु र चुपचाप बसेर अन्दो र बहिरो हुनु भनेको सरकार आफै बलात्कृत हुनु होइन र??  हाम्रो धर्म,कानुन अनि हाम्रो संविधान कहाँ चुकीरहेको छ?? हामिले उठाएको आवाज कहाँ बिलाइरहेको छ? यो आवज कस्ले दबाही रहेको छ?? किन सुन्दैन सरकार बलात्कृत हुनेको चिच्यावट, किन सुन्दैन ती बाबू आमालाई जो बारम्बार रुदै भन्दैछन सरकार मेरी बलाकृत भएर मर्ने मेरी छोरीलाई न्याय देउ भनेको किन सुन्दैन सरकार?  किन सरकारले कानमा रुवा हालेको छ?? आखिर किन यौन हिंसा बढ्दाेक्रममा छ??

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here