दिलले ल्याए ‘अष्ट्रेलिया जाउली माया’

0
1331
काठमाडौं,
कोरियामा बसेर आफ्नो संगीत यात्रा अघि बढाइरहेका गायक दिल बिश्वकर्माले आफ्नो पहिलो डेब्यु  गीत ‘अष्ट्रेलिया जाउली माया’ को म्युजिक भिडियो सार्वजनिक गरेका छन्।

डान्सिङ बिटको यस गीतमा स्वर गायक  दिल विश्वकर्माको रहेको छ भने प्रकाश न्यौपानेको शब्द रहेको छ।
तिलक बस्नेतले संगीतवद्द गरेको गीतलाई  रमेश सेन्चुरीले  संगीत संयोजन गरेका हुन्।

म्युजिक भिडियोमा नायिका आँचल शर्माको साथमा कलाकार सुलेमान शंकर ( इकु) र सागर लम्साल ‘बले’ फिचर्ड छन्।  सुरेन्द्र बसेलले कोरियोग्राफी गरेको यस भिडियोलाई उत्सव दहालले छायांकन गरेका हुन्।  विकाश दहालले सम्पादन गरेको भिडियोलाई मुस्कान ढकालको निर्देशनमा तयार पारिएको हो।

भिडियोले  दर्शक , स्रोता तथा मिडिया हाउसबाट सकारात्मक प्रतिक्रिया प्राप्त गरिरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here