कांग्रेस नेता दाहाललाई पत्नी शोक

0
1434

दमक, नेपाली कांग्रेस झापाका पूर्वसभापति पूर्णानन्द शर्मा दाहाललाई पत्नी शोक परेको छ ।

कमल गाउँपालिका–५ मङ्गलबारेमा बस्नुहुने उहाँकी धर्मपत्नी ८५ वर्षीया रमादेवी दाहालको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको हो । मृतक लामो समयदेखि पेट तथा नसा रोगले पीडित हुनुहुन्थ्यो ।

कांग्रेसको ज्येष्ठ नागरिक मञ्चका केन्द्रीय सदस्यसमेत रहनुभएका दाहाल नेपालको लोकतान्त्रिक आन्दोलनका अग्रज मानिनुहुन्छ ।

स्व रमादेवीकी जेठा छोरा विनोद, प्रमोद र आमोद र छोरी प्रमिला अधिकारी हुनुहुन्छ । कन्काई नदीमा अन्त्येष्टि गरिएको पारिवारिक स्रोतले जनाएको छ ।

यसैवीच गाँउपालिकाका अध्यक्ष मेनुका काफ्लेले लोकतान्त्रिक आन्दोलनका योद्धासमेत रहनुभएका पूर्णानन्द शर्माकी धर्मपत्नी रमादेवीको निधनप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here