साहित्यकार ढुंगेलले मनाइन् अपाङ्गता भएका वालवालिकाहरुसंग जन्मदिन

0
1019

तुलसीप्रसाद निरौला ,बिर्तामोड ।

साहित्यकार , गीतकार तथा मोडल भगवती ढुंगेलले आफ्नो जन्मदिन फरक तरिकाले मनाएकी छिन् ।

उनले अर्जुनधारा –६ कप्तानवारीस्थित अपाङ्ग वालशिक्षा सरोकार केन्द्रमा रहेका अपाङ्गता भएका वालवालिकाहरुसंग खुशीयाली साटासाट गर्दै आफ्नो जन्मदिन मनाएकी हुन् ।

मोडल जनक खड्का , समाजसेवी अम्बिका घिमिरे र छोरी करुणासहित अपाङ्ग वालशिक्षा सरोकार केन्द्र पुगेकी उनले त्यहाँ रहेका अपाङ्गता भएका वालवालिकाहरुलाई खाद्यान्न सामग्री वितरण गर्नुका साथै नगद समेत प्रदान गरेकी थिइन् ।

दशैंमा निराश वनेका अपाङ्गता भएका वालवालिकाहरु खाद्यान्न र नगद प्राप्त गर्दा खुशी देखिन्थे ।
नेपाल चलचित्रकर्मी संघकी प्रदेश सहसचिव, सहयात्री दपर्ण नेपालकी केन्द्रीय उपाध्यक्ष ,क्षितिज संगित साधना प्रतिष्ठान झापाकी उपाध्यक्ष लगायत विभिन्न संस्थामा आवद्ध उनले जन्मदिनमा गरिने फजुल खर्चले अपाङ्गता भएका वालवालिकाहरुलाई सहयोग गरेको बताइन् ।

उनले ठूला तारेहोटलमा साथीभाईसंग पार्टी गरेर जन्मदिन मनाउनु भन्दा अपाङ्गता भएका वालवालिकाहरुलाई सहयोग गर्दा आफूलाई आनन्द आउने बताइन् । आफूले थोरै सहयोग गरेपनि त्यो सहयोगले अपाङ्गता भएका वालवालिकाहरुको मुहारमा खुशी ल्याएको बताइन् ।

विर्तामोड –१ निवासी साहित्यकार , गीतकार तथा मोडल ढुंगेलका उपन्यासहरु ‘आधा सत्य’ ‘प्रेमिल’ ‘प्रेमकुण्ड’ , कविता संग्रह ‘देश र आमा’ कृति रहेका छन् भने ‘मधुशाला बन्यो’ र ‘हाँसौ कसरी’ ‘न पिउँ त’ बोलको गीत र म्युजिक भिडियो समेत सार्वजनिक भइसकेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here