दमकमा एक पुरुषको कोरोनाका कारण मृत्यु

0
582

झापा ।

झापाको दमकका एक जना कोरोना संक्रमितको आज बिहान मृत्यु भएको छ ।

दमक ७ का अन्दाजी ५० बर्षिय पुरुषको नोबेल कोभिड अस्पताल विराटनगरमा मृत्यु भएको हो ।

नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार हिजो मात्रै नोबेल अस्पताल पु¥याइएका उनको कोरोना परिक्षण रिपोर्ट पनि हिजो नै आएको थियो ।

उपचारका क्रममा उनको आज बिहान मृत्यु भएको जनाइएको छ । यो संगै दमकमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १६ पुगेको छ । दशैं शुरु भएयता मात्रै दमकका कोरोना संक्रमित ७ जनाको मृत्यु भएको स्वास्थ्य शाखाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here