मोटरसाईकल दुर्घटनाबाट दुई जनाको मृत्यु

0
840

सुनसरी ।

सुनसरीको रामधुनी–२ शिवनगर स्थित भित्री सडकखण्डमा मोटरसाईकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाईकल चालक रामधुनी–२ शिवनगरका २४ बर्षीय निमेश चौधरी र मोटरसाईकल पछाडी सवार रहेका सोही स्थानका २३ बर्षीय जीवन चौधरी रहेका छन् ।

हिजो राती साढे ८ बजे को २६ प ५६५१ नम्बरको मोटरसाईकलले साईडमा रोकि राखेको को २ त ९८७६ नम्बरको ट्याक्टरको टलीमा ठोकीएर दुर्घटना हुँदा मोटरसाईकल चालक निमेश र पछाडी सवार जीवन गम्भिर घाईते भएका थिए ।

उनीहरुको घोपा धरानमा उपचारको क्रममा राती साढे १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । ट्याक्टर नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here