गाउँबस्तीमै स्वास्थ्य सेवाको पहुँच

0
512

फुङ्लिङ,

उपचार लागि हेलिकप्टर चार्टर गरेर अस्पताल पु¥याउनुपर्ने फक्ताङलुङ गाउँपालिकामा अहिले गाउँबस्तीमै स्थानीयले स्वास्थ्य सेवा पाउन थालेको छ ।

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका एक दुर्गम तथा भौगोलिक हिसाबले ठुलो क्षेत्र भएको विगत केही वर्षमा सामान्य उपचार नपाए्र ज्यान गुमाउनुपर्ने क्षेत्रमा स्थानीय सरकारको पहलमा गाउँबस्तीमा नै सामुदायीक स्वास्थ्य इकाइ स्थापना गरेर स्थानीय नागरिकलाई स्वास्थ्य सेवा दिनथालेको फक्ताङलङ–६ का वडाअध्यक्ष छोवाङ शेर्पाले जानकारी दिनुभयो ।

घरदेखि घण्टौँ पैदल हिडेर स्वस्थ्य चौकीसम्म पुग्नुपर्ने नगारिकले खेप्दै आएको समस्यालाई ध्यानमा राखेर आवश्यताको पहिचान गरेर पालिकाले स्वास्थ्य सेवाको पहुँच बढाउँदै लगेको उहाँले बताउनुभयो ।

फक्ताङलुङमा ७ वटा स्वास्थ्य चाँकी सञ्चालन भइरहेको छ । एक स्वास्थ्यकर्मी रहने गरी आर्थिक वर्ष २०७६÷७७ मा वडा नं ६ मा लुङथुङ सामुदायिक स्वास्थ्य इकाइ, वडा नं ५ हेल्लोकमा हेल्लोक सामुदायिक स्वास्थ्य इकाइ र वडा नम्बर ३ लिङखिममा सामुदायिक स्वास्थ्य इकाइ स्थापना गरेर स्थानीय समुदायमा स्वास्थ्य सेवा दिएको छ ।

गाउँपालिकाले यस आर्थिक वर्षमा वडा न १ सावादिनको मलबासे गाउँ वडा नं २ को मामाङखे गाउँ र वडा नम्बर ४ को खानी गाउँमा समुदायिक स्वस्थ्य इकाइ स्थापना गरेर थप नागरिकलाई स्वास्थ्य सेवाको पहुँच पु¥याइएको छ । विगतदेखि नै फक्ताङलुङ–४ सुङसाबु गाउँ र फक्ताङलुङ–६ घुन्सामा सामुदायिक स्वास्थ्य इकाइ स्थापना भएर स्वास्थ्य सेवा दिँदै आएको छ ।

अहिले गाउँपालिकामा सामुदायिक स्वास्थ्य इकाइ छ वर्थिङ सेन्टर सात स्वास्थ्य चौकी स्थापना भएर गाउँपालिकामा स्वास्थ्य सेवा प्रदान गर्दै आएको गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख दिनेश भट्टराईले जानकारी दिनुभयो ।

अघिल्लो आर्थिक वर्षमा १०२ जनाले वर्थिङ सेन्टरबाट प्रसूति गराएको र यस आर्थिक वर्षको अहिले सम्ममा ६५ जनाले सेवा लिएको उहाँले बताउनुभयो । सरकारबाट ३६ प्रकारका औषधि निःशुल्क प्रदान गर्दै आएपनि गाउँपालिकाले १०० भन्दाबढी प्रकारका औषधि निःशुल्क वितरण गर्दै आएको छ ।

शिशु मृत्यु दर शुन्य बनाउनको लागि गाउँपालिकाले गाउँ–गाउँमा स्वास्थ्य स्वमसेविका मार्फत स्वास्थ्य जनचेतना तथा गर्भवतीको रेखदेख र वर्थिङ सेन्टरमा गएर प्रसूति गराउन प्रोत्साहन गर्दै आएको फक्ताङलुङ–१ का वडाअध्यक्ष यज्ञप्रसाद लिम्बूले बताउनुभयो ।

सेन्टरमा गएर प्रसूति गराएबापत सरकारले तीन हजार नियमित स्वास्थ्य परीक्षण गराए बापत ८०० प्रदान गर्दै आएको भएपनि गाउँपालिकाले भूगोलको आधारमा सात हजारदेखि १० हजारसम्म थप प्रोत्साह भत्ता प्रदान गर्दै आएको उहाँले जानकारी दिनुभयो ।

सामान्य ज्वरो, रुघाखोकी लाग्दा जाँच गर्न तीन घण्टा हिडेर जानुपर्ने समस्या सामुदायिक स्वास्थ्य एकाइ सञ्चालनमा आएपछि हटेको फक्ताङलुङ–५ कञ्चजङघा आधारभूत विद्यालयका प्रधानाध्यपक राजु हेल्लोकले बताउनुभयो । इकाइमा एकजना मात्र स्वास्थ्यकर्मी भएकोले कहिलेकाही घरमै गएर चेकजाँच गर्नुपर्ने अवस्था आएको समयमा स्वास्थ्य इकाइ नै बन्द गरेर जानुपर्ने बाध्यता रहेको हेल्लोक सामुदायिक स्वास्थ्य इकाइका अनमी अनिता हेल्लोकले जानकारी दिनुभयो ।

दैनिकरुपमा चार÷पाँचजना स्वास्थ्य परीक्षणका लागि स्वास्थ्य इकाइमा आउने गरेको छन् । व्यक्तिगत विषेश काम साथै स्वास्थ्य इकाइ कै काममा बाहिर जानुपर्ने भो भने स्वास्थ्य इकाइ नै बन्द गरेर जानुपर्ने भएकाले सामुदायिक स्वास्थ्य इकाइमा दुईजना स्वास्थ्यकर्मीको व्यवस्था गरे सहज हुने उहाँले बताउनुभयो ।

विसं.२०७१ मा घुन्सा फाउण्डेशनले सञ्चालन ल्याएको सामुदायिक स्वास्थ्य इकाइले सो क्षेत्रका सुदायमा स्वास्थ्य सेवा दिँदै आएको छ । फाउण्डेशन र पालिकाको सहकार्यमा दुर्गम बस्तीमा स्वास्थ्य सेवाको पु¥याइरहेको स्वास्थ्य इकाइका स्वास्थ्यकर्मी प्रविन राईले जानकारी दिनुभयो ।

घुन्सा पुग्न ताप्लेजुङ सदरमुकामदेखि पैदल चार दिन लाग्ने भएकाले आवश्यक खाद्य सामग्री गाउँपालिकाले नै ढुवानी गरेर यहासम्म ल्याइदिँदै आएको उहाँले बताउनुभयो । केही वर्षअगाडि सामान्य बिरामी हँुदा पनि हेलिकप्टर चार्टर गरेर अस्पतालसम्म पु¥याउनुपर्ने घुन्सामा सामुदायिक स्वास्थ्य इकाइ स्थापना भएदेखि गाउँमै स्वास्थ्य चेकजाँच हँुदै आएको टाँसी तेन्जीङ शेर्पाले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here