अलैंची ब्यवसायी महासंघका पूर्ब अध्यक्ष भट्टराईलाई पितृशोक

0
418

बिर्तामोड, नेपाल अलैंची ब्यवसायी महासंघका पूर्ब अध्यक्ष निर्मल भट्टराईलाई पितृ शोक परेको छ ।
पतञ्जलि योग शिविर बिर्तामोडका सभापति देबीप्रसाद भट्टराईको ६२ वर्षको उमेर निधन भएसंगै व्यवसायी भट्टराईलाई पितृ शोक परेको हो । ताप्लेजुङ्गको साविक आम्वेगुदिन ७ मा वि.स. २०१६ साल चैत २५ गते जन्मिएका भट्टराईको बिराटनगरस्थित विराट मेडिकल कलेजमा उपचारकै क्रममा आज विहान निधन भएको हो । धार्मिक तथा सामाजिक ब्यक्तित्वका रुपमा परिचित भट्टराईलाई कोरोना संक्रमण देखिएपछि १५ दिन अघि विराट मेडिकल कलेज भर्ना गरिएको थियो ।
बिर्तामोडमा स्थायी बसोवास गर्दै आएका भट्टराईका श्रीमती श्रीमाया भट्टराई सहित एक छोरा निर्मल, दुई छोरी शान्ता भट्टराई विष्ट र शीला भट्टराई थापा रहेका छन् । भट्टराईका छोरा निर्मल रोटरी क्लव अफ बिर्तामोडमा अध्यक्ष समेत रहेका छन् ।
मृतक भट्टराईको १२ वजे कनकाई माईमा अन्त्येष्टि गरिने पारिवारिक श्रोतले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here