मनमोहन अस्पतालमा क्यान्सरको शल्यक्रिया

0
568

विर्तामोड,पुस २७ । मनमोहन मेमरियल पूर्वाञ्चल सामूदायिक अस्पताल विर्तामोडले मेची पहिलो पटक सफलता पूर्वक पाठेघरको क्यान्सरको शल्यक्रिया गरेको जनाएको छ ।
अनारमनी २ निवासी ५७ वर्षीया डिकुरा खतिवडाको गत पुस २५ गते अस्पतालका गाइनोकोलोजिष्ट डा एकराज गौतमले सफलता पूर्वक शल्यक्रिया गरेको अस्पतालमा  शनिवार पत्रकारसम्मेलनको आयोजना गरी जानकारी गराइयो । पत्रकार सम्मेलनमा अस्पतालका कोअडिनेटर रोमनी भट्टराईले अस्पतालमा गरिएको क्यान्सरको शल्यक्रिया पहिलो भएको र मेची अञ्चलमै यो पहिलो भएको समेत दावी गरे । अल इन्डिया इन्स्टिच्ुट अफ मेडिकल साइन्सवाट अध्ययन सकेर नेपाल फर्किएका डाक्टर गौतम यसअघि नोवेल मेडिकल कलेज विराटनगरमा कार्यरत रहेको र चार महिना अघि यस अस्पतालमा आएको समेत भट्टराईले वताए । अस्पतालमा क्यान्सरका सथ निसन्तान पनको समस्या भएका दम्पतिको पनि उपचार थालिएको भट्टराईको भनाई  छ ।  पत्रकार सम्मेलनमा खतिवडाको शल्यक्रिया डाक्टरले तीन सहयोगीको साथमा दुई घण्टा लगाएर गरेकोर अहिले उनको अवस्था सामान्य  वन्दै गएको शल्यक्रियामा सम्लग्न डाक्टर गौतमले वताए । खतिवडाको पाठेघरको क्यान्सर कुन स्टेजको हो भन्ने यकिन वायस्पी रिर्पोट आइनपुगुन्जेल भन्न नसकिने र रिपोर्ट आए पश्चात कस्तो औषधि चलाउनु पर्ने हो पछिमात्र पत्ता लाग्ने डाक्टर गौतमको भनाई छ । पत्रकार सम्मेलनमा आमाको क्यान्सरको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको र नया जीवन आमाले पाएको भन्दै छोरा कृष्णले अस्पताल र डाक्टरलाई धन्यवाद दिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here