सिम्रिकका कर्मचारीलाई काजकिरिया खर्च , शेयर सदस्यलाई उपचार खर्च

0
1285

तुलसीप्रसाद निरौला ,बिर्तामोड  । झापाको विर्तामोड –४ मा मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले आफ्ना कर्मचारी तथा शेयर सदस्यलाई राहत सुविधा प्रदान गरेको छ ।

संस्थाले आफ्ना कर्मचारीको अभिभावकको मृत्युमा समवेदना व्यक्त गर्दै काजकिरिया खर्चवापतको रकम प्रदान गरेको हो । संस्थाका विभागीय प्रमुख यामवहादुर विष्ठका बुबा तथा संस्थाको भद्रपुर सेवाकेन्द्रकी क्यासियर विष्णुमाया भट्टराई विष्ठको ससुरा बुवा सुरवीर विष्ठको निधन भएकोमा उनको निवास हल्दीवारी –४ मा पुगेर समवेदना पत्रसहित काजकिरिया खर्च प्रदान गरेको हो ।

संस्थाका अध्यक्ष सुवास भट्टराई, कार्यकारी प्रमुख कमलबहादुर बस्नेत ,सचिव इन्द्रबहादुर कार्की , विभागीय प्रमुख विजय बस्नेत , कमला प्रधान ,ऋण उपसमिति सदस्य योगराज श्रेष्ठलगायतले समवेदना पत्रसहित काजकिरिया खर्च वापत ९० हजार रुपैयाँ प्रदान गरेका थिए ।

 

त्यस्तै संस्थाको दानाबारी सेवाकेन्द्रकी क्यासियर भूमिका ढकाल अधिकारीको सासूआमा राजगढ निवासी उमादेवी अधिकारीको निधन भएकोमा अधिकारी निवासमा पुगेर समवेदना पत्रसहित काजकिरिया खर्च वापत ३० हजार प्रदान गरिएको छ ।

संस्थाका अध्यक्ष सुवास भट्टराई, कार्यकारी प्रमुख कमलबहादुर बस्नेत ,सचिव ,सचिव इन्द्रबहादुर कार्की , विभागीय प्रमुख विजय बस्नेतलगायतले समवेदना पत्रसहित काजकिरिया खर्च प्रदान गरेका थिए ।

 

त्यस्तैगरी संस्थाले चालू कात्तिक महिनामा दशैं अघि र पछि हालसम्म शेयर सदस्यहरुलाई तीन लाख २६ हजार ८ सय ३१ रुपैयाँ सामाजिक सुरक्षा खर्च प्रदान गरेको जनाएको छ ।

संस्थाले बिर्तामोड सेवाकेन्द्रका सदस्यहरु रसम राजवंशीलाई २२ हजार रुपैयाँ र मञ्जु तामाङलाई १३ हजार ९ सय ७८ रुपैयाँ , एलिशा गौतमलाई १३ हजार पाँच सय रुपैयाँ, पुष्पा खनाललाई १३ हजार तीन सय ५० रुपैयाँँ र अञ्जु भण्डारीलाई १२ हजार छ सय रुपैयाँ उपचार खर्चवापत घरघरमै गएर प्रदान गरेको बिर्तामोड सेवाकेन्द्र प्रमुख रमेश खनालले बताए ।
संस्थाका विभागीय प्रमुख विजय बस्नेत , बिर्तामोड सेवाकेन्द्र प्रमुख रमेश खनाललगायतले उक्त रकम प्रदान गरेका थिए ।

संस्थाले घरमै आएर रकम प्रदान गरेकोमा संस्थाका शेयर सदस्यहरुले संस्थालाई धन्यवाद दिएका थिए ।

 

सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले आफ्ना कर्मचारी र शेयर सदस्यहरुप्रति अभिभावकीय एवम् सामाजिक उत्तरदायित्व निर्वाह गर्दै जन्मदेखि मृत्युपर्यन्त साथदिने संस्थाका अध्यक्ष सुवास भट्टराईले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here