प्रधानमन्त्री ओलीद्वारा बधाई

0
1536

काठमाडौँ,

प्रधानमन्त्री केपी शर्मा ओलीले न्युजिल्याण्डका प्रधानमन्त्रीमा ज्याकिण्डा आर्डेन पुनः निर्वाचित हुनुभएकामा हार्दिक बधाई ज्ञापन गर्नुभएको छ ।

प्रधानमन्त्री आर्डेनलाई आज बधाई सन्देश पठाउँदै प्रधानमन्त्री ओलीले उहाँको कार्यकालको सफलताको कामना गर्नुभएको छ ।

सन्देशमा प्रधानमन्त्री ओलीले प्रधानमन्त्री आर्डेनको कार्यकालमा दुई देशबीचको सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यसैबीच परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले न्युजिल्याण्डका विदेशमन्त्रीमा नानया महुता नियुक्त हुनुभएकामा बधाई ज्ञापन गर्नुभएको छ ।

मन्त्री ज्ञवालीले आजै आफ्ना समकक्षी महुतालाई पठाउनुभएको बधाई सन्देशमा नेपाल—न्युजिल्याण्ड सम्बन्धलाई अझ उन्नत तुल्याउन उहाँसँग सन्निकट रहेर काम गर्न आफू इच्छुक रहेको बताउनुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here