जसपाको केन्द्रीय सदस्यमा झापाका सूर्यनारायण गणेश चयन

0
927

तुलसीप्रसाद निरौला , बिर्तामोड  । 

जनता समाजवादी पार्टी नेपाल (जसपा)को केन्द्रीय सदस्यमा झापाका सूर्यनारायण गणेश चयन भएका छन् ।

जनता समाजवादी पार्टी नेपालको हालै सम्पन्न केन्द्रीय कार्यकारिणी समितिको बैठकले झापाका सूर्यनारायण गणेशसहित आठ सय एक सदस्यीय केन्द्रीय समितिको गठन गरेको हो ।

समाजवादी पार्टी (सपा) र राष्ट्रिय जनता पार्टी (राजपा) मिलेर बनेको जनता समाजवादी पार्टी (जसपा) मा हालै मनोनित गरिएका गणेश साविक राजपाको अध्यक्ष मण्डल झापाका संयोजक , सद्भावना पार्टीका झापा अध्यक्ष रहिसकेका छन् ।

स्थानीय शान्ति समिति झापाका संयोजक रहिसकेका उनी संवाद समूह झापाका सदस्य हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here