वातावरणविद् प्रा.डा.धमलाको ह्रदयघातबाट निधन

0
1403

झापा ।

वातावरणविद् प्राध्यापक डाक्टर,मनकुमार धमलाको निधन भएको छ । त्रिभुवन विश्व विद्यालयका उपप्राध्यापक समेत रहेका धमलाको विहीवार वाह्रदशी गाउँपालिका ५ स्थित घरमै निधन भएको हो ।

विहीवार विहान खान खान बसेका धमलाको ह्रदयघातका कारण निधन भएको पारिवारिक श्रोतले जनाएको छ । नेपालको वातावरणका विषयमा उनको महत्वपूर्ण भूमिका छ । आयरल्यान्डमा लामो समय बसेका उनी वातावरण क्षेत्रमा अध्ययन गरेर नेपाल फर्किएका थिए ।

उनी गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् आयरल्यान्डमा महासचिब पदमा रही लामो समय काम गरेका थिए ।

विश्व वातावरण दिवसको दिनमा उनले केही मिडियामा दिएको अन्तरवार्ताका क्रममा उनले नेपालको शहरी क्षेत्र प्रदुशित हुँदै गएको भन्दै चिन्ता ब्यक्त गरेका थिए ।

शहरी क्षेत्रमा वातावरणीय सरसफाईमा ध्यान दिनुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए । उनले शहरी क्षेत्रमा बढ्दै गएको प्रदुषणको कारणले नसर्ने रोगहरु वढिरहेको भन्दै उनले सबैलाई सचेत गराएका उपप्राध्यापकको हृदय घातकै कारण निधन भएको छ ।

हृदय घात पनि नसर्ने रोग मध्य प्रमुख एक हो । मानव जिवनलाई बाँचुञ्जेल स्वास्थय राख्न वातावरणीय सुद्धता महत्व हुन्छ भन्ने अभियान चलाएका अभियन्ताको दुखद् निधनले वातावरण सरक्षणको क्षेत्रमा ठूलो क्षति पुगेको बताइन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here