धाइजनमा कोभिड अस्पताल बनाउन कार्यदलको सिफारिस

0
758

मेचीनगर ।

मेचीनगरको कोभिड-१९ संक्रमण नियन्त्रण कार्यदलको बैठकले नगरको ११ नम्बर वडा रहेको धाइजन स्वास्थ्य चौकीलाई नै अक्सिजन सुविधा र चिकित्सक सेवासहितको कोभिड अस्पताल बनाउन सिफारिस गरेको छ ।

यसअघि मेचीनगर -१० स्थित धुलावारीको मेची आम्दा अस्पताललाई सुविधासम्पन्न कोरोना अस्पतालकोरुपमा स्तरोन्नति गर्न माग गर्दै मेचीनगर नगरपालिकामा ज्ञापन पत्र बुझाइएको थियो ।

नगर उपप्रमुख मीना पोखरेल उप्रेतीलाई मेचीनगरका राजनीतिक दलका नेता, नागरिक समाजका अगुवा, पत्रकार, व्यवसायीलगायत सर्वसाधारण ४ सय २३ जनाको हस्ताक्षरसहित ज्ञापन पत्र बुझाइएपनि शुक्रबार कार्यदलकी सहसंयोजक एवम् नगरपालिका उपप्रमुख उप्रेतीको अध्यक्षतामा नगरपालिका कार्यालयमा बसेको बैठकले नगरको ११ नम्बर वडा रहेको धाइजन स्वास्थ्य चौकीलाई नै अक्सिजन सुविधा र चिकित्सक सेवासहितको कोभिड अस्पताल बनाउन सिफारिस गरेको हो ।

‘३० बेडको आइसोेलेसन केन्द्रको रुपमा हाल सञ्चालित धाइजन स्वास्थ्य चौकीलाई नै कोभिड अस्पताल बनाउन सिफारिस गरिएको कार्यदलका सदस्य एवम् नेकपा मेचीनगरका अध्यक्ष माधव अर्याल जानकारी दिनुभयो । उहाँका अनुसार अहिलेका लागि यही नै उपयुक्त हुने देखियो ।

मेचीनगर-१० मा रहेको मेची आम्दा अस्पताललाई कोभिड अस्पताल बनाउने विषयमा छलफल भए पनि त्यहाँ बनाउने विषयमा वातावरण नबनेको अर्यालले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here