सहृदयता अन्तर्राष्ट्रिय इजरायलको अध्यक्षमा नम्रता

0
982

तुलसीप्रसाद निरौला ,बिर्तामोड  ।

सहृदयता अन्तर्राष्ट्रिय इजरायलको अध्यक्षमा नम्रता उप्रेती चयन भएकी छिन् ।

 

सहृदयता दर्शनमा रहेर अघि बढिरहेको सहृदयता अन्तर्राष्ट्रिय इजरायल समितिका सदस्यहरुको उपस्थितिमा भएको भर्चुअल सत्संगले उप्रेतीको अध्यक्षतामा सहृदयता अन्तर्राष्ट्रिय इजरायलको नयाँ कार्यसमिति चयन गरेको हो ।

नवगठित समितिको उपाध्यक्ष पवित्रा क्षेत्री बजगाईं , महासचिव नवीन ढकाल यात्री , सचिव सन्तोषी खड्का , कोषाध्यक्ष अर्जुन पोख्रेल प्रेम रहेका छन् ।

त्यस्तै सदस्यहरुमा मेनुका बस्नेत लिङ्देन , भीमकुमारी मगर , अञ्जिता पौडेल ,सावित्रा लुइँटेल घिमिरे , प्रणामी श्रीकृष्ण ,सुवास थापा , हरिश खरेल , कमला भण्डारी ढकाल , लोकराज कँडेल , प्रमिला उप्रेती ,सीता पोख्रेल भुसाल , सोमराज पाठक ,सावित्रा गौतम लम्साल , सीमा गुरुङ , राजन कार्की रहेका छन् ।

नयाँ कार्यसमितिलाई अगाडी बढ्न चाहिने आन्तरिक विधानको ढाँचा हाम्रो दर्शनमा रहि तयार गरि आगामी बिहिबार बस्ने समितिको सत्संगमा पेश गर्नको लागि नयाँ कार्य समितिका कोषाध्यक्ष अर्जुन पोख्रेल प्रेम लाई अधिकार दिइएको र आगामी बिहिबार बस्ने सत्संगले संसोधन गर्नु पर्ने भए संसोधन गरि समितिले अनुमोदन गरि कार्यान्वयनमा ल्याइने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here