पूर्वमा रगत अभाव, बिरामीको ज्यानै जोखिममा

0
633

झापा,

समयमै रगत  उपलब्ध नहुँदा प्रदेश–१को पहाडी र हिमाली जिल्लाका सुत्केरी, आकस्मिक शल्यक्रिया तथा दुर्घटनामा परेका बिरामी समस्यामा पर्दै आएका छन् । कतिपय जिल्लामा रक्तसञ्चार केन्द्र त छ । तर, रगत पाइँदैन ।
कतै सञ्चालनमा रहेका केन्द्र पनि बन्द भएका छन् ।
रगत नपाइएकै कारण धनकुटा महालक्ष्मीकी गर्भवती महिलाको दुई दिनसम्म शल्यक्रिया हुन सकेन । सुनसरी र
मोरङका रक्तसञ्चार केन्द्र र अस्पताल चहार्दा बल्ल एकपिन्ट रगत भेटियो र तेस्रो दिन मात्रै उनको बीपी प्रतिष्ठानमा शल्यक्रिया गरी बच्चा निकालियो । रत्तश्राव भएपछि जिल्ला अस्पताल आइपुगेका संखुवासभा बाह्रबिसेकी २४ वर्षीया महिला पनि रगत नपाएकै कारण समस्यामा परिन् । खाँदबारीमा रक्तसञ्चार केन्द्र भए पनि त्यहाँ रगत पाइएन ।
व्यक्तिगत सम्पर्कबाट रगतको जोहो भएपछि बल्लतल्ल उनको ज्यान जोगियो ।

यी दुई महिला जस्तै प्रदेश–१को पहाडी र हिमाली जिल्लाका बिरामी रगत नपाएकै कारण समस्यामा पर्ने गरेका छन् ।
धनकुटामा रेडक्रस सोसाइटीले सञ्चालनमा ल्याएको रक्तसञ्चार केन्द्र एक वर्ष नपुग्दै बन्द भयो । संखुवासभा र
पाँचथरमा रक्तसञ्चार केन्द्र भए पनि आवश्यक पर्दा बिरामीले रगत पाउँदैनन् । भोजपुर र ताप्लेजुङमा रहेका केन्द्र निष्क्रिय छन् । झण्डै २० लाख जनसंख्या रहेको प्रदेश–१का पहाडी र हिमाली जिल्लामा दिनहुँ हुने दुर्घटना, आकस्मिक शल्यक्रिया र सुत्केरी महिलाका लागि रगत नपाईंदा ज्यानै जोखिममा पर्ने गरेको छ ।
प्रोत्साहन र बढ्दो जनचेतनाले अस्पतालमा सुत्केरी गराउनेको संख्या बढेको छ । तर, अस्पतालमै पुग्दा पनि आवश्यक
पर्दा रगत पाईँदैन । कतिपय स्थानमा रक्तदाता स्वयम्सेवक पाइए पनि रगत संकलन र भण्डारणको व्यवस्था छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here