जन्मदिनमा सञ्चारकर्मी मायामितुले गरिन् अक्षयकोषमा सहयोग

0
1634

 बिर्तामोड  । सञ्चारकर्मी तथा साहित्यकार मायामितु न्यौपानेले आफ्नो जन्मदिन फरक तरिकाले मनाएकी छिन् ।

 

 

उनले नारी सञ्चार गृहद्वारा स्थापित अक्षयकोषमा १० हजार एक सय पाँच रुपैयाँ प्रदान गरी जन्मदिन मनाएकी हुन् ।
रेडियो भिजनमा आवद्ध न्यौपानेले नारी सञ्चार गृहकी अध्यक्ष भीमा शिवाकोटीसहितको टोलीलाई उक्त रकम हस्तान्तरण गरेकी थिइन् ।

दशैंमा टिका लगाउँदा प्राप्त भएको दक्षिणासहित वर्षदिन भरी विभिन्न समयमा आफूलाई प्राप्त हुने अतिरिक्त रकम र खाना नथपि खाँदा हुने वचतलाई मूल्यमा कन्भर्ट गर्दा हुने रकमलाई विगत १७ वर्षदेखि आफ्नो जन्मदिनको अवसर पारेर सामाजिक क्षेत्रमा सहयोग गर्दै आएको र यसवर्ष नारी सञ्चार गृहले स्थापना गरेको अक्षयकोषमा सहयोग गरेको उनले वताइन् ।

त्यसैगरी नारी सञ्चार गृहले अक्षयकोष बृद्धिका लागि वर्षेनी तिहारको समय पारेर सामुहिक रुपमा देउसी खेल्दै आएको सन्दर्भमा यस वर्ष सामुहिक रुपमा खुलेर देउसी खेल्ने अवस्था नरहे पनि देउसीकै दक्षिणाका रुपमा भन्दै रेडियो भिजनले ११ हजार रुपैयाँ प्रदान गरेको छ ।

रेडियो भिजनका कार्यक्रम निर्देशक विशाल नेम्वाङ्गले नारी संचार गृहको टोलीलाई उक्त रकम हस्तान्तरण गरेको संस्थाकी सहसचिव शुशिला संग्रौलाले जानकारी दिइन् ।

कार्यक्रममा नारी सञ्चार गृहकी अध्यक्ष भीमा शिवाकोटीले सञ्चारकर्मी तथा  साहित्यकार न्यौपानेले आफ्नो जन्मदिनमा नारी सञ्चार गृहलाई रकम प्रदान गरेकोमा न्यौपानेलाई धन्यवाद दिएकी थिइन् । उनले सञ्चारकर्मी तथा  साहित्यकार न्यौपानेले गरेको कार्यले अरुलाई पनि प्रेरणा मिल्ने बताइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here