बिएण्डसी अस्पतालमा आजबाट क्याथल्याव सेवा सञ्चालनमा

0
1412

झापा,  झापाको बिर्तामोडस्थित विएण्डसी अस्पतालले मुटुका रोगीका लागि क्याथल्याव सेवा सञ्चालनमा ल्याएको छ ।
अस्पतालले आज बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गरी अस्पतालमा क्याथल्याव सेवा सञ्चालनमा ल्याएको जनाएको छ ।


मुटु रोगीहरुलाई सहज र गुणस्तरीय सेवा दिने उदेश्यले क्याथ ल्याव सेवा सञ्चालनमा ल्याएको पत्रकार सम्मेलनमा अस्पतालका कार्डियोलोजिष्ट डा उमेश यादवले बताएका छन् ।


अस्पतालले आगामी २ बर्ष भित्र मुटु समेत प्रत्यारोपण गर्ने गरीको तयारी थालेको छ । अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईले अब मुटुका विरामीले उपचारका लागि भारतको दिल्ली, भ्यालोर र काठमाडौं जानु नपर्ने अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईले बताए ।


अस्पतालमा वरिष्ठ मुटुरोग विशेषज्ञ डा. उमेश यादव सहितको टोलीले सेवा प्रदान गर्ने र आजबाट सेवा समेत सुचारु भएको अस्पतालका जनसम्पर्क अधिकारी प्रमिश गिरीले जानकारी दिनुभयो ।


कार्यक्रममा भारतको चेन्नईबाट आएका मुटुरोग विशेषज्ञ डा. अवनकुमार, हस्पिटलका मेडिकल डाइरेक्टर निराजन पराजुली, हस्पिटलकी अध्यक्ष इन्दिरा गिरी लगायतले अस्पतालले प्रदान गर्ने सेवाको विषयमा जानकारी गराएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here