प्रमोद खरेलको ‘निरमाया’ सार्वजनिक ( भिडियो )

0
951

काठमाडौं ।

लोकप्रिय गायक प्रमोद खरेल र प्रतिभाशाली गायिका अन्तरा उपाध्यायको युगल स्वरमा रहेको गीत ‘निरमाया’को म्युजिक भिडियो सार्वजनिक भएको छ।

डान्सिङ शैलीको यस गीतमा शब्द संगीत तुंग नेपालको रहेको छ। यस गीतलाई मोहित मुनालले संगीत संयोजन गरेका हुन्।

युवा युवतीको विचको प्रेम र आकर्षणलाई प्रस्तुत गरिएको म्युजिक भिडियोमा पुष्प खड्का र गरिमा शर्माको अभिनय देख्न सकिन्छ।

शुभम भुजेलले कोरियोग्राफी गरेको यस भिडियोलाई बुद्ध थापाले छायांकन गरेका हुन्। भिडियोमा विकाश धमलाको सम्पादन रहेको छ। निकाश खड्काको निर्देशनमा भिडियो तयार पारिएको हो।

‘नेपसिस्टर्स’(Nepsisters )को अफिसिएल युट्युव च्यानल मार्फत भिडियो सार्वजनिक गरिएको हो। विगत लामो समयदेखि नेपाली भाषा , साहित्य र संगीत उत्थानको निम्ति निरन्तर प्रयासरत need.guru का सस्थापक तुंग नेपालले यस म्युजिक भिडियोलाई हेरेर प्रतिक्रिया दिन सम्पुर्ण दर्शक, स्रोता तथा मिडिया हाउसलाई आग्रह गरेका हुन्।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here