ओलीको रणनीति मापन गर्न नसक्नु प्रचण्डको कमजोरी

0
582

ओम आचार्य, 

स्थिर सरकार र विकास र समृद्धीको चुनावी नारा दिएर बहुमत प्राप्त गरेको पार्टी नेकपाले सरकार बनाएदेखि नै आफ्नै पार्टीभित्रको कलह र पार्टीमा एकअर्कामा दोषारोपण गरेर सरकार र सरकारबादी पार्टीका शीर्षस्थ नेताहरुले आफ्नो ऊर्जा र शक्ति खर्च गरिरहेका छन् । यिनीहरुले आफ्नो ऊर्जा र शक्ति मुलुकको विकास र समृृद्धीमा कहिल्यै प्रयोग गरेन त्यही भएर मुलुकमा राजनीतिक अस्थिरता र विकास र समृद्धी सपना जस्तै होइन सपना नै बनाए ।

अहिले सरकारले स्थिरता त प्राप्त गरेको छ । तर, सरकारमा सरकारको सोचमा, सरकारको विचारमा, सरकारको सरकार सञ्चालन गर्ने शैलीमा अस्थिरताका कारणले नेकपा आफैं विगठनको मोड़मा मात्रै होइन प्रधानमन्त्री आफै भन्छन्– ‘म राजीनामा दिन्न बरु अविश्वासको प्रस्ताव समेत फÞेस गर्छु’ यसो भनेर मुलुकको राजनीति अन्योलतर्फ धकेल्ने संकेतको रुपमा बुझ्नुपर्ने अवस्था देखिन्छ । यो अवस्था अझ कर्णाली प्रदेश सरकारको पुनर्गठन ओली समर्थक मन्त्रीलाई विस्थापित गरी नेपाल, प्रचण्ड समर्थकलाई मन्त्रीमण्डलमा समाबेस गरे प्रधानमन्त्रीको ‘हदैसम्म जाने’ उद्घोषले मुलुकको गणतन्त्रमाथि अनिष्टको बादल मडारिएको हो कि भन्नुपर्छ ।

के एकीकृत नेकपाभित्र माओवादी छन् ?

एकीकृत नेकपाभित्र नेकपा एमाले र माओवादी पार्टीको योग नै नेकपा हो भनिए पनि त्यो योगमा वर्तमान सरकारको नेतृत्व गरेको सरकार प्रमुख र अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओलीको सरकार सञ्चालन शैली र पार्टी सञ्चालन रणनीति हेर्दा दुई अध्यक्षात्मक प्रणाली रहेको सो पार्टीमा अर्का अध्यक्ष प्रचण्ड नाम मात्रैका अध्यक्ष हुन् भन्ने अवस्थामा पु¥याएको देखिन्छ ।
स्थायी समितिको बैठक पटक–पटक बस्ने भन्दै मिति सारिरहनु र बैठक नबस्नु, सचिवालयको बैठक पनि नबस्नु यसरी प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी ओलीबाट पार्टी सञ्चालन एकल नेतृत्वमा हाँकीरहेको बुझिन्छ । यो रणनीतिबाट अर्का अध्यक्ष प्रचण्डलाई थर्काउँदै लैजाने र केपीकै रणनीतिमा अल्मल्याई रहन विवश तुल्याउँदै निरीह बनाएर राजनीतिक क्षेत्रमा प्रचण्डको मानमर्दन र उनको साखÞ गिराउने चालबाजÞीको रुपमा लिन सकिन्छ ।

एकीकृत नेकपाभित्र माओवादी पनि छ भन्ने बोध समेत नगरी कर्णाली प्रदेशमा त्यहाँका मुख्यमन्त्री माथिको अविश्वास प्रस्ताव, राजदूतहरुको नियुक्ति, मन्त्रिमण्डलको पुनर्गठन, भारतीय गुप्तचर प्रमुखसँगको भेट लगायतका सन्दर्भ र प्रसंगले सो नेकपाभित्र नेकपा एमाले मात्रै हो ? यस्तो अवस्था राजनीतिकवृत्तमा अनुमान गर्न थालिएको छ यो अनुमान त राजनीतिककर्मीको अनुमान भए पनि स्वयम् प्रचण्डको चै अनुमान मात्रै होइन, उनले अब अनुभव पनि गर्न थालेका छन् । प्रचण्डमा अब प्रधानमन्त्री केपी ओलीप्रति यति विरक्ति र वितृष्णा आउन थाल्यो कि अब वार्ताकै लागि भनेर बालुवाटार प्रवेश नगर्ने यस्तो प्रतिज्ञा समेत सामाजिक सञ्जालमा हेर्न पाइन थालेको छ ।

‘अब सँगसँगै जान सकिँदैन तपाई अब आफ्नो हिँड्दा हुन्छ’ सम्मको अभिव्यक्तिप्रति प्रचण्डले गम्भीर रुप न लिनु पनि उनको राजनीतिक सुझबुझले प्रधानमन्त्री केपी ओलीको राजनीतिक अभिष्ट मापन गर्न नसक्नु प्रचण्डको कमजÞोरी रुपमा लिनुपर्छ । हुन त यो कमजÞोरी प्रचण्डमा भोलि पार्टी नै फुट्यो भने पूर्व माओवादीका सरकारमा रहेकाहरु माओवादी पार्टीमा फर्कने छन् त ? यसमा सन्देह स्वयम् प्रचण्डमा पनि हुन सक्छ । यही आंकलनले प्रचण्ड प्रधानमन्त्रीको रणनीतिमा रुमल्लिएको अल्मलिएको हुन सक्छ । प्रचण्डको कमजÞोरी अहिले आफ्नै सहकर्मी सहयात्री हुन थालेका छन् । उनको यही कमजोरीलाई प्रधानमन्त्री केपी ओलीले बुझेर प्रचण्डलाई पार्टी फुटाउन, नेकपाबाट अलग्याउन चाहिरहेका छन् र प्रचण्ड बाध्यताबस नेकपामा खुम्चिएर बस्न बाध्य छन् ।

कम्युनिस्ट सरकारको शासन शैली र वर्तमान देशको राजनीति व्यवस्था

राजा वीरेन्द्रको वंश समाप्तिपछि ज्ञानेन्द्रबाट राजशाही केही वर्ष चल्यो र आन्दोलनपछि मुलुकमा तत्कालीन अवस्थामा रहेको राजशाही व्यवस्थाको अवसानपछि गणतन्त्र स्थापना भयो र मुलुक संघीय शासन प्रणालीमा गयो ।

मुलुकले पूर्णतः लोकतान्त्रिक व्यवस्था अपनाएर निर्वाचित बहुमत प्राप्त गरेको पार्टीको सरकार बन्ने विद्यमान अवस्थामा पार्टी र सरकारको समन्वयले मुलुक अग्रगामी भूमिका निर्वाह गर्छ । मुलुकमा स्थायी सरकार, समृद्धी र विकास आउँछ । तर, त्यस्तो भएन अहिल्ये पनि सरकारको वर्तमान शासन शैली हेर्ने हो भने राजशाही कै झझल्को दिनेगरी राजनीतिक घटनाक्रम अगाडि बढेको शासन शैली पनि त्यस्तै रहेको छ ।

नेकपाबाट प्रतिनिधित्व गर्दै सरकारको नेतृत्व लिएको सरकार प्रमुखको विचार र उनको अभिव्यक्ति र आफ्ना समकक्षी अध्यक्ष प्रचण्डसँगको व्यवहार र आफ्नै पार्टी, स्थायी समिति, सचिवालय र राजनीतिक विभागहरु समेतलाई एकल नेतृत्वमा हिँडाउने अभ्यासले राम्रो संकेत देखाउँदैन । यस्तो अभ्यासले न त पार्टीमा लोकतन्त्र अर्थात् प्रजातन्त्रलाई सुदृढ गर्छ न त देशमै लोकतन्त्रात्मक व्यवस्था सबल र सक्षम हँुदै जान्छ यस्तो अवस्थामा सरकारले सुशासन दिन सक्दैन ।

वर्तमान सरकार अधिनायकवाद र स्वेच्छाचारी

यो आरोप वर्तमान सरकारलाई सरकार निर्माण हुनु पूर्व नै कांग्रेसले नेकपाले जितें अधिनायकवाद लाद्छ भनेर चुनावी भाषण गर्दै हिँडेका कांग्रेसको दूरदर्शीता देखिएको छ । नेकपाले शासन शैलीमा मात्रै अधिनायकवाद देखाएको छैन । स्वयम् सत्ताधारी पार्टी नेकपाभित्र नै प्रधानमन्त्रीको एकोहोरो अधिनायकवाद झनै खतरनाक छ ।

पार्टी विधि–विधान, नीति–नियम समेत म जे गर्छु म जे भन्छु त्यही नीति हो, त्यही विधान हो, त्यही विधि हो को शैलीमा हुर्किरहेको झांगिरहेको वर्तमान सत्ताधारी पार्टीको सरकार प्रमुखको विचार र संस्कारले पञ्चायतको स्मरण मात्रै गर्दैन तत्कालीन समयमा सरकारमा हालिमुली गरेको भूमिगत गिरोह स्मरण समेत अहिले सरकारमा विचौंलियाको पहुँचले त्यो याद गराउँछ ।

जब–जब सरकारको छायाँमा पार्टी पर्छ तब–तब सरकार स्वेच्छाचारी र अधिनायकबाद चलाउन थाल्छ र त्यस्तो सरकारले आफ्नो अभिष्टको लागि जे पनि गर्न सक्छ ‘जुन कर्णाली प्रदेशको सरकार पुनर्गठनमा ती मन्त्री हटाएको अवस्थामा मेरो कदम’ जस्तो अभिव्यक्ति राष्ट्र र खÞुद सत्ताधारी पार्टीका लागि हानिकारक र अनुत्पादक हुन्छ । र, अहिले यस्तै भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here